• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अबैध नदीजन्य पदार्थ उत्खननमा संलग्न ६ टयाक्टर सहित १ लाख २८ हजार मुल्य बराबरको अबैध मालसमान बरामद

नेपाल पोस्ट दैनिक
    September 9, 2020  मा प्रकाशित

Spread the love
      

उर्मिला यादव नवलपरासी भदौ २५ गते।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट नदीजन्य पदार्थ उत्खनन कार्यमा संलग्न ६ वटा टयाक्टरलाई नियन्त्रणमा लिनुका साथै १ लाख २८ हजार मुल्य बराबरको अबैध मालसमान बरामद गरेको छ।

मंगलबार सुस्ता गाउपालिका वडा नम्बर तीनमा रहेको बिज्ञाप स्थित नारायणी नदीबाट अबैध रुपमा बालुवा उत्खनन गरी लोड गर्दै गरेको अबस्थामा लु ३ त ४६०८, लु ४ त ३१२९, लु४त ३१५७ , लु २ त ३२०९ , लु ४ त २०२६ नम्बरको ५ वटा टयाक्टर र सोहि स्थानबाट अबैध रुपमा गिटटी लोड गर्दै गरेको लु ४ त १२६३ नम्बर टयाक्टर समेत गरी ६ वटा टयाक्टरलाइ इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ६ वटा टयाक्टरलाइ आबश्यक कारवाहीका लागी मंगलबार नै सुस्ता गाउपालिकाको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

यस्तैगरी सिमा प्रहरी चौकी महेशपुर र प्रहरी चौकी भुजहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको ५८ हजार मुल्य बराबरको २५ बोरामा सात सय पच्चिस किलो हरीयो मटर सरावल गाउपालिका वडा नम्बर सात भटौलियाबाट बरामद गरेको छ । यस्तै गरी प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको अन्दाजी १६ हजार मुल्य बराबरको ४ बोरामा दुई सय किलो हरीयो मटर प्रतापपुर गाउपालिका वडा नम्बर ५ बसहियाबाट बरामद गरेको जनाएको छ ।

यस्तै गरी सिमा प्रहरी चौकी महेशपुरको प्रहरी टोलीले भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी ३४ हजार २ सय मुल्य बराबरको चुक्कुल, कब्जा , पाइप लगायत बिभिन्न हार्डवयरका सामान सरावल गाउपालिका वडा नम्बर सात बुलन्दपुरबाट बरामद गरेको छ ।
यस्तैगरी भारत बाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको अन्दाजी १४ हजार ४ सय मुल्य बराबरको लेडिज कुर्ता , सुरुवाल, ब्लाउजको थान कपडा प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउपालिका वडा नम्बर ४ लोहरौलीबाट बरामद गरेको जनाएको छ । त्यस्तै गरी भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको अन्दाजी ५ हजार ५ सय मुल्य बराबरको २ बोरामा एक सय किलो चिनी इलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउपालिका वडा नम्बर २ गोपालपुरबाट बरामद गरेको छ।

उक्त मालसमानहरु मोटरसाइकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामानफाली मानिस भागेका थिए ।
बरामद भएका सबै मालसमान आवश्यक कारवाहीका लागी महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑