अमृत भट्टराई / बिहादी ,पर्वत । पछिल्लो समय देशका विभिन्न जिल्ला र विभिन्न समुदायमा कोरोना भाइस देखिदै गएपछि पर्वतको बिहादी गाउँपालिका मा पनि बुधबार समुदायका ११० जनाको PCR स्वाब संकलन गरि प्रयोगशाला पोखरामा परिक्षण को लागि पठाएको थियो । शनिबार प्रयोगशाला पोखरामा बाट आएको जानकारीअनुसार बिहादी गाउँपालिकाका सबै ११० जनाको कोरोना नेगेटिभ आएको बिहादी गाउँपालिका स्वास्थ शाखा प्रमुख हरि भुसालले जानकारी दिए । भुसालका अनुसार समुदाय स्तरमा कोरोना छ छन् भनेर थाहा पाउन काली बिहादी गाउँपालिका का जनप्रतिनिधि , स्वास्थ्यकर्मी , सवारी चालक , बैंकका कर्मचारी , सुरक्षाकर्मी , व्यापारी गरी पुरुष ९९ र महिला ११ को स्वाव संकलन गरि प्रयोगशाला पोखरामा परिक्षण का लागि पठाइएको थियो सबैजना को रिपोर्ट नेगेटिभ आएको हो ।
अहिलेसम्म पर्वत जिल्लामा १०८ जना कोरोना संक्रमित देखिएका छन् भने बिहादी गाउँपाकिका मा मात्र ५ जना रहेका छन् ।