रौतहट समाचारदाता १२ भदौ । रौतहट ( गरुडा नगरपालिका जिङडिया , श्रावण ३२ गतेका दिन धारिलो हतियारले घाटि रेटि हत्या भएका दलित यूवक निरन्जन रामको परिवारलाई गरुडा नगरपालिका निवासी नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष तथा समाजसेवी सहयोगी रामजि शाहले आफ्नो जन्मदिनको अवसरमा मृत्युक यूवाको बुवा नन्दलाल रामलाइ मृत्युको काजकिरिया गर्नको लागि आफ्नो तर्फबाट ३१हजार बराबरको चेक हस्तान्तरण गरि आर्थिक सहयोग गर्नु भएको छ ।
वहाको भनाइ अनुसार हामी सबै मानव जाति एक आपसमा मिलेर बस्नु पर्छ र दलित गरिवकलाई समान व्यहवार गर्नु पर्छ। जातीय बिभेदलाइ आ(आफ्नो ठाउबाट अन्तय गर्नु पर्छ बताए ।
दोसिमाथि सहि छानबिन गरि तुरन्त करबाहिको माग समेत गर्नु भयो ।।