नरेन्द्र महतो गौसला मोहोतरी ७भदौ – जिल्ला प्रशासन महाेत्तरीले दस दिनकाे लागि निषेधज्ञा लागू गरेका छन तर गाैशाला बजारमा विहिवार निषेधज्ञा ताेडदै मानिसहरुकाे बजारमा चहल पहल देखा परेका वडा न.२ निगाैलका वालेश्वर प्रसाद सिंहले जनाएका छन ।काेराेना संक्रमितकाे जनसंख्या दिन प्रतिदिन बढदै गईरहे पनि त्यसकाे कुनै प्रभाव नगरी वजारमा भिड बढदै गईरहेकाे छ ।यता गाैशाला नगरपालिका तथा गाैशाला उधाेग वाणिज्य संघले पनि सुचना प्रकासित गरि अाैषधि पसल वाहेकका सम्पर्ण पसलहरु बन्द भएकाे जानकारि गराएका थिए तर यिनिहरुकाे कुराकाे केही व्यापारी तथा अाम सर्वसधारणले धज्जिया उडाएकाेमा सिंहले गुनासाे गरेका छन ।गाैशाला वजार जिल्लाकाे सब भन्दा पुरानाे र ठुलाे वजारकाे रुपमा रहेका छन।यहाँ हप्ताकाे साेमवार र विहिवार वजार लागनुकाे साथै प्रत्येक दिन गुदरी वजार लागने गरिन्छ र अाज हजाराै हजार मानिसकाे अावागमन भईरहेकाे छ ।उता ईलाका प्रहरी कार्यालय गाैशालाका निष्क्रियताले गर्दा वजारमा सधै भिड वढिरहेका नगर प्रवक्ता भाेज वहादुर दर्लामिले जनाए ।नगरपालिकाकाे अधिनमा प्रहरी प्रशासन नभएकाे कारण केही गर्न नसकेकाे हाे उनले स्पष्ट पारे ।व्यापारीहरु जाना जानि वजार खाेलेकाे कारण उपभाेक्ताहरुकाे भिड वढेकाे र प्रहरी प्रशासन पनि केही नगरेकाे कारण वजार खुल्ला भएकाे हाे तर विहिवार गाैशाला नगरपालिकामा तीस जनाकाे स्वाब परिक्षणकाे रिपाेर्ट अाएकाेमा दुई जना काेराेना संक्रमित पुष्टि भएकाेले अगामि दिनमा नगरपालिकाकाे बैठक बसि नयाँ कार्ययाेजना प्रस्तुत हुने दर्लामिले जनाए ।