उत्तम कुमार थापा बझाङ ६ साउन।बझाङकाे देवल विमानस्थल भदाै २५ गते भित्र हस्तान्तरण हुनेभएको छ ।
जिल्लामा निर्माण हुँदै अाएकाे विमानस्थल यही भदाैमा हस्तान्तरण हुने भएको हाे । अाज प्रतिनिधि सभा सदस्य माननीय साँसद भैरव बहादुर सिहकाे नेतृत्वमा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज देवराज रेग्मी प्रमुख जिल्ला अधिकारी कमल भण्डारी,डिएसपी गणेश बम,नेता लाेकेन्द्र सिह ,जिल्ला कमिटी सचिवालय सदस्य हलचल थापा कमल थापा लगाएतकाे टाेली अनुगमनकाे क्रममा गएको थियाे ।
विगत लामाे समय देखि बन्द अवस्थामा रहेको विमानस्थलकाे निमार्ण कार्य तिर्व गतिमा हुँदै अाएपछि काम राम्रो भएको अनुगमन टाेलीकाे भनाइ छ । नेपाल कम्युनिस्ट पाटी नेकपाकाे सचिवालयकाे बैठक र जिल्लामा अहिले भारि बर्षाकाे कारण जनताकाे दुख सुखमा साथ दिन बझाङ अाईपुग्नु भएका साँसद सिह अाज विमानस्थलकाे अनुगमन गर्न देवल पुगेका हुन ।
साँसद सिहले भने, अघिल्लो दशैमा विमानस्थल बनेर जहाज उडान हुनुपर्ने हाे तर काेरनाले गर्दा हुन नसकेको बताए । अहिले तिर्व गतिमा काम सञ्चालन भएको देख्दा ठेकेदारलाई अझै राम्रो काम गर्न सल्लाह दिदै छिटोभन्दा छिटो विमानस्थल हस्तान्तरण गर्न अनुराेध गरेका छन । अहिले विमानस्थल निर्माण कार्यकाे जिम्मेवार सम्हालि रहनुभएका साईट प्रमुख प्रदिप दंगालले भने,काममा अलि ढिलाइ भएको भन्दै,केहि समय अगाडि सडकले पनि साथ नदिएको र केही विवादले गर्दा ढिलाे हुन पुगेकाेमा सुईका गरे । उनले भने अहिले काम तिर्व गतिमा भएको छ । अब देवल विमानस्थल भदाै २५ गते भित्र हस्तान्तरण हुने गरि काम भएको बताए ।