समाचार · सूचना-प्रविधि

पत्रकारहरु कार्यालयकै परिचयपत्रले हिडडुल गर्न पाउने ।

काठमाडौं २ जेठ। लकडाउनको समयमा पत्रकारहरु कार्यालयकै परिचयपत्रले हिड्डुल गर्न पाउने भएका छन् ।

सरकारले लकडाउन कडा पार्दै यसअघि जिल्ला प्रशासनबाट उपलब्ध गराइएको पास रद्ध गरिरहेको बेला पत्रकारलाई भने जिल्लाभित्र कार्यालय आउजाउ र समाचार संकलनको लागि सहज व्यवस्था गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यसको लागि शुक्रबार जिल्ला प्रशासन र प्रदेश सरकार मातहतकाे कार्यालयलाई अनुरोध गरेको छ ।

सञ्चार मन्त्रालयले पत्रकारलाई कार्यालयको परिचयपत्रकै आधारमा हिड्डुल गर्न, आवश्यक मानवीय साधनको व्यवस्थापन र अन्य समन्वयात्मक कार्यमा आफ्नो सवारी साधन प्रयोग गरेर जान पाउने व्यवस्था मिलाउन सम्बन्धित कार्यालयलाई अनुरोध गरेको छ । रेडियो बोर्डकाष्ट फोरमको अनुरोधमा सञ्चार मन्त्रालयले पत्रकारलाई यस्तो व्यवस्था गरेको हो ।