गौशाला ९ बैशाख।महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका अन्तर्गत रहेका विपन्न परिवारहरु विचलितमा परेका छन ।
नगरपालिका बाट केही राहत दिए पनि अपुग भएका छन।
घरपरिवारकाे संख्या सात भएकाे तर पाँच किलाे चमल दिएर गुजरा चल्न नसकेकाे वडा न .२ ,५,६ ,८ का लगायत अन्य वडामा रहेका मुसहर तथा चमार सामुदायका गरीव ,असहाय,विधावा महीला तथा वृद्व ,वृद्वाहरुले जनाए ।
सरकारले दिएकाे माप दण्ड अनुसार राहत वितरण नगरेर एक रुपता अनुसार वितरण गरेकामा हामीहरुले पाउनु पर्ने राहत नपाएकाेमा उनिहरुले गुनासाे गरेका छन ।
राहत सबैकाे लागि नआएर अति विपन्न तथा गरीवहरुकाे लागि आएकाे भए पनि धेरै गरीवहरु राहत लिन बाट बन्चित भएका छन र धेरै जग्गा धनिहरुले राहत पाउन सफल भएका छन ।
गरीवकाे नाम बाट आएकाे राहत गरीवकाे घरमा नपुगेर वडा अध्यक्ष तथा प्रतिनिधि नजदिक भएका व्यक्तिहरुकाे घर घरमा पुगेका स्थानिहरुले जनाएका छन ।
गरीबकाे घर घरमा नपुगेर चाैक चाैडहामा बसेर नाम संकलन गरेकाे कारण असलि गरीव पहिचान नगरेर नक्ली गरीव पहिचान भएकाे कारण राहतमा कमि र अपुग भएका दलित तथा विपन्न परिवारले जनाएका छन।