नरेन्द्र महताे -गाैशाला महोत्तरी ५ बैशाख –
महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा राहत बाँड फाँटमा भेद भाव भएकाे स्थानियहरुले बताएका छन। गाैशाला नगरपालिका वडा न.१ राम नगरमा राहत वितरण गरेकाेमा प्राःय जसाे धनी मानिसहरुले पाएकाेमा अति विपन्न परिवार तथा ज्यालाधारीहरुले गुनासाे गरेका छन ।सरकारले दिएकाे माप द्णड विपरीत नगरपालिका राहत वाँडि रहेका छन यस्तै वडा न.११ लक्ष्मिनियामा रहेकाे जग्गा धनिहरुलाई राहत दिएकाे तर गरीव र विपन्न परिवार रहेका पद्मम बहादुर श्रेष्ठलाई राहत बाट बन्चित गरेकाे स्थानिय व्यक्ति विक्रम साहले जनाएका छन ।
उक्त वडामा दस जना मात्र राहत पाउनेहरु रहेका छन तर सबैलाई एकै किसिम बाट राहत दिएकाे छ सहि तरीकाले तथ्यािंक नराखेकाे कारण वास्तविक गरीवहरु राहत बाट बन्चित भएकाे छन ।गरीवहरुकाे नाममा अाफ्ना पार्टिका कार्यकर्ता तथा चुनावकाे समयमा मत दिनेहरुलाई खाेजि खाेजि राहत दिने गरेकाे छ ।जुन कि माप दणड र नियम विपरित रहेका छन ।यसै किसिम बाट राहत वितरण गरियाे भने सदुयाेगकाे ठाउँमा दुरुयाेग हुने पक्का रहेकाे वुद्विजिविहरु तर्क रहेका छन ।
पाँच किलाे चावल,एक किलाे दाल, खाने तेल अाधा लिटर र दुई वटा साबुन दिने गरेकाे भए पनि राहत प्रयाप्त नभएकाे उनिहरुले जनाएका छन।नाम संकलन गर्ने समयमा गरीव भन्दा अाफ्ना मान्छेहरुकाे नाम संकलन गरेकाे कारण त्यहि अनुसार राहत वितरण गरेकाे विभिन्न पार्टीका स्थानिय नेताहरुले गुनासाे गरेका छन ।तर यस सम्वन्धमा गाैशाला नगरपालिकाका प्रतिनिधिहरु खुलेर जवाफ दिन नचाहेकाे श्राेताले दावि गरेकाे छ ।