नरेन्द्र महतो – गौसाला महोत्तरी ४ बैशाख
-भारतबाट भागेर आएका ११ जनालाई महाेत्तरीकाे गौाशालामा बनाएको क्वाइरेन्टाईनमा राखिएको छ । बुधबार करिब बिहान ३ बजे भारतको सम्सी कन्हवा बोर्डरको एस.एस.पीको क्वाईरेन्टाइनबाट भागेर नेपाल छिरेका ११ जनालाई गौशाला स्थित त्रिभुवन मा.वि गौशालामा रहेको क्वाईरेनटाइनमा तत्कालका लागि राखिएको गौशाला नगरपालिकाकाले जनाएका छन।
उनिहरु एका बिहानै भारतबाट भागेर अाएपछि गाैशाला नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष वीरेन्द्र चाैधरीको सम्पर्कमा आएपछि वडा अध्यक्षले गौशालाको क्वाईरेनटाइनमा ल्याएको र सबैजना नेपालकै रहेकाे बताए। ११ जना मध्ये ९ जना गौशाला नगरपालिकाका, १ जना लोहरपट्टी नगरपालिका र १ जना सप्तरीका रहेका छन् ।त्यसैगरी बुधवार गौशाला स्थित मा.वि. रजखोरकाे क्वाईरेन्टाईमा रहेको ५ जनालाई आफ्नो घर पठाईएको छ । उनीहरुलाई १६ दिनपछि चेक जाँच गर्दा नेगेटिभ देखिएकोले बुधवार घर पठाईएको नगरपालिकाले जानकारी दिएकाे छ।