काठमाडौं २६ चैत्र। रामेछाप जिल्लाको सदरमुकाम मन्थली तामाकोसी अस्पतालमा चार दिनदेखि उच्च ज्वरो आएर अस्पताल भर्ना भएका एक वृद्धको मृत्यु भएको छ। उच्च ज्वरो आएर मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा मंगलबार बेलुका ५ बजे भर्ना भएका गेलु निवासी ६७ वर्षीय एक पुरूषको गएराति ११ : ४५ बजे मृत्यु भएको हो। जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले मृतकको स्यापल परीक्षणको लागि राती नै धुलिखेल अस्पताल पठाइएको लिखु अनलाइनलाइ जानकारी दिनुभयो । उहाँका अनुसार आज साँझसम्म कोरोना भएको हो कि होइन भन्ने रिपोर्ट आउनेछ । तामाकोसी सहकारी अस्पत्तालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले अस्पताल सिल गरिएको बताउदै उपचारमा संलग्न चिकित्सकको टिमलाई क्वारेन्टनमा राखिएको जानकारी दिनुभयो ।