• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पोखरामा बिरामी लिन नजाने एम्बुलेन्समाथि कारबाही…

नेपाल पोस्ट दैनिक
    April 7, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौ २५ चैत।पोखरामा बिरामीले बोलाउँदा लिन नगएका पोखरा २ निजी अस्पतालका एम्बुलेन्समाथि कास्की प्रहरीले कारबाही गरेको छ।उक्त अस्पतालबाट सञ्चालित ग१च ५४९२ र ग१च २७१४ नम्बरको एम्बुलेन्स र चालक कारबाहीमा परेका हुन्। मेट्रो सिटी र फेवा सिटी अस्पतालका एम्बुलेन्स चालकले सोमबार बिरामीबाट बोलावट हुँदा विभिन्न बहाना बनाएर सेवा दिन आनाकानी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले जनाए।

उनले भने, ‘पोखरा महानगरभित्रकै बिरामीले ज्वरो आएर लिन बोलाउँदा नगएको प्रमाणसमेत भेटेर एम्बुलेन्स र चालक नियन्त्रणमा लिएका थियौं’, उनले भने, ‘अत्यावश्यक मानवीय सेवामा प्रयोग हुने एम्बुलेन्स धेरै राख्न पनि हुँदैन भनेर १ दिन चालकलाई हिरासतमा राखी अब त्यस्तो नगर्ने सर्तमा छाड्यौं ।कास्कीमा एम्बुलेन्स सेवा ४० वटा छन्।तर सबैजसोले ज्वरो आएका बिरामीलाई लिन जान अप्ठेरो मानेको सेवाग्राहीको गुनासो छ।ज्वरो आएको बिरामी भनेपछि कोरोना भाइरसै लागेको होला भनी एम्बुलेन्स चालकहरुले लिन जान अप्ठेरो मानेका हुन्। रेडक्रस कास्कीका अध्यक्ष डोलराज पाण्डेले आफूहरुसँग भएका २ वटा एम्बुलेन्स २४ सै घन्टा सेवारत रहेको जानकारी दिए।‘२ वटा एम्बुलेन्स फुल कुदेका छन्’, उनले भने, ‘ड्राइभरहरु सुत्न पाएका छैनन् ।’ आफूले अरु बेला राति मोबाइल अफ गर्ने गरेकोमा अहिले २४ सै घन्टा खुला राखिरहेको उनले सुनाए। ‘खुट्टा भाँचिएको भने पनि अरु हस्पिटलका एम्बुलेन्सले बोक्न मानेका छैनन्’, पाण्डेले भने, ‘कतिपय बिग्रेको छ भनेर बसेका छन्, कतिपय अस्पतालका एम्बुलेन्स छैनन्, रेडक्रसको एम्बुलेन्स त संक्रमितै भएका बिरामी बोक्ने गरी डेडिकेटेड मानिएको छ।बागलुङकै संक्रमितलाई काठमाडौं लैजाने भनेर भनियो, हामी तयारै थियो, पछि परेन भनियो र जानु परेन। अन्नपूर्ण पोष्ट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑