• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सखुवानन्कारकट्टी गाउँपालिकाले लकडाउनमा आधारभूत खाद्यान्न वितरण गर्ने

नेपाल पोस्ट दैनिक
    April 7, 2020  मा प्रकाशित

Spread the love
      

लहान,२५ चैत । विश्व व्यापी महामारीको रूपमा फैलिसकेको कोरोना भाइरस अर्थात (कोविड–१९) को संक्रमण फैलिन नदिन, महामारी तथा नियन्त्रण गर्नको लागि नेपाल सरकारले लकडाउन गरेको विशेष परिस्थितिमा गाउँपालिका भरिमा रहेको दैनिक ज्याला मजदुरी गरि खाने घरधुरी परिवारलाई सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाल ेआधारभूत खाद्यान्नको प्रबन्ध मिलाउन गइरहेको छ ।
गाउँपालिकाले सामाजिक दूरी कायम राखी राहत वितरण गर्नको लागि जनप्रतिनिधि, कर्मचारी तथा सुरक्षा निकायको राहत वितरण गर्ने सर्वदलीय समितिको बैठक सम्पन्न गरेको छ । बैठकमा आफ्नो मन्त्वय राख्दै गाउँपालिका अध्यक्ष केदारनाथ यादवले भने ‘गाउँपालिकाले अहिले दलित, गरिब, विपन्न, तथा ज्यालादारीमा काम गर्ने घरधुरी परिवारको तथ्यांक संकलनमा लागि सकेको छ ।
राहतको आवश्यकता जुन घर परिवारमा छ, सो परिवारले गाउँपालिकाले राहत वितरण गरेको महसुस गरोस् । राहत वितरण निष्पक्ष राजनिती रहित होस् । विगतमा पनि बाढीको समयमा गाउँपालिकाले राहत वितरण गरेको थियो। हामीले राहत वितरण गर्ने प्रत्येक वडामा समिति बनाएका छौँ । ’
गाउँपलिकाको प्रमुख प्रशासकीय अधिकृत राजीव कुमार झाले भने विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोविड(१९) लाई महामारी घोषणा गरिसकेको छ । विश्व्को २०५ देश यस भाइरसबाट प्रभावित बनिसकेको अवस्थामा यसबाट जोगिनु नै उत्तम उपाय हो ।
यस भाइरसबाट लकडाउनको समयमा काम गरेर दुई छाक हात मुख जोडने परिवारलाई समस्या परिरहेको अवस्थामा गाउँपालिकाले केही राहतको प्याकेज ल्याउन गइरहेको छ । त्यस्का लागि हामीले खरिद प्रक्रिया अगाडी बढाएका छौँ । तत्काल गाउँपालिकाले खरिद गर्न लागेको चामल उसिना कान्छी मन्सुली (एक ग्रेड) ६० टन, मसुरो दाल १० टन, नुन १० टन, खाने तेल १० टन, चिनी १० टन, नुहाउने साबुन ५ हजार पिस, लुगा धुने साबुन ५ हजार पिस र ह्यान्ड वास ५ हजार पिस । खरिद गरि वितरण गर्ने तयारी गरेका छौं प्रमुख प्रशासकीय अधिकृत झा ले बताए ।
ईलाका प्रहरी कार्यालय महेशवारीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) सिकेन्द्र साहले भने( कोरोना भाइरस बाट बच्न दिनमा पटकपटक हात धोऔं, एक अर्कामा सद्भाव कायम राखौं । संका लागेको नयाँ मान्छे देख्नासाथ प्रहरीलाई खबर गरौं । सके सम्म भिडभाड बाट बचौं । सइ साहले सरकारले लगाएको लकडाउनलाइ सफल बनाउन गाउँपालिका वासीलाई आग्रह समेत गरे ।
राहत बितरणको सर्वदलिय समितिको बैठकमा गाउँपालिकाका वडा नं. १ का वडा अध्यक्ष शुभनारायण यादव, वडा नं.२ का वडा अध्यक्ष बिल्टु यादव, वडा नं. ३ का वडा अध्यक्ष महेन्द्र प्रसाद यादव , वडा नं. ४ का वडा अध्यक्ष रमेश कुमार यादव र वडा नं.५ का वडा अध्यक्ष बैधनाथ यादवको उपस्थित रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑