• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सवा ६ लाख बालबालिका प्रभावित 

नेपाल पोस्ट दैनिक
    April 7, 2020  मा प्रकाशित

Spread the love
      

सवा ६ लाख बालबालिका प्रभावित

वीरगन्ज, २५ चैत । कोरोना (कोभिड–१९) भाइरसको संक्रमण खतरा रोक्न सरकारले लागू गरेको ‘लकडाउन’का कारण देशभरि खोप कार्यक्रम प्रभावित भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण माहाशाखाले यतिखेर नियमित खोप कार्यक्रम स्थगित भएको जनाएको छ ।

बिसिजी खोप कार्यक्रम सञ्चालित देशमा कोरोना संक्रमण कम भएको र महामारी रोक्न मद्दत मिलेको अध्ययनले देखाइरहेका बेला लकडाउनका कारण खोप कार्यक्रम नै स्थगित हुन पुगेको छ ।

‘लकडाउनको अवस्थामा यातायात सञ्चालित छैन, जसले गर्दा धेरै ठाउँमा भ्याक्सिन पठाउन सकिएको छैन,’ माहाशाखाका निर्देशक डा. भीम सिंह तिंकरीले नागरिकसित टेलिफोनमा भने, ‘स्वास्थ्यकर्मीलाई खोप दिन जाऊ भन्ने अवस्था छैन, मानिसलाई जमघट गराउन पनि अहिले ठीक छैन।’ उनले नेपालमा अहिले नियमित खोप लिने उमेर समूहका ६ लाख २१ हजार बालबालिका रहेको जानकारी दिए ।

‘अभियानको रुपमा चलाइएको दादुरा रुबेला खोप कार्यक्रम पनि १, २ र ५ नम्बर प्रदेशमा मात्र सम्पन्न भएको छ। बाँकी ४ वटा प्रदेशमा ‘लकडाउन’ का कारण हुन पाएको छैन,’ तिंकरीले भने। उनले यातायात सञ्चालन भएलगत्तै खोप कार्यक्रम पनि सञ्चालन हुने बताए ।

जिल्ला स्वास्थ्य कार्यालयहरुले केन्द्रबाट खोप कार्यक्रम केही समयका लागि रोक्नमौखिक निर्देशन आएको जनाएका छन्। ‘हाललाई केही समय खोप रोकिराख्न भनिएको छ,’ पर्सा स्वास्थ्य कार्यालयका खोप कार्यक्रम इन्चार्ज अनिल सिंहले भने, ‘लकडाउनमा खोप कार्यक्रम सञ्चालन गर्ने अवस्था पनि छैन ।’

वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुखसमेत रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार महतोले हाललाई खोप कार्यक्रम रोकेको बताए।

‘खोप चलाउन समस्या छैन, तर खोपकेन्द्रमा जुन भिडभाड हुनेछ त्यसले गर्दा जोखिम उठाउने अवस्था छैन,’ महतोले भने, ‘केही समय ढिलो हुँदैमा खासै फरक पर्दैन।’ खोप कार्यक्रम नचलेको बारे कुनै पनि सूचना नपाएर भने बच्चाका आमाबुवा चिन्तामा छन्। नयाँ पत्रिका दैनिकमा रितेश त्रिपाठीले समाचार लेखेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑