समाचार

चालू अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

चालू अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौँ, २४ चैत । सरकारले दुवै सदनका चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको फैलावटलाई नियन्त्रण गर्न यस्तो निर्णय गरेको हो ।

चैत ७ गतेयता प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन ।

त्यस्तै चैत १३ र २३ गतेका बैठकहरु सूचना टाँसेर चैत ३० गतेलाई सारिएको थियो । त्यस मिति अगावै सरकारले राष्ट्रपतिसमक्ष अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।दैनिक नेपाल