समाचार

नेकपा सचिवालय बैठक मंगलबार बस्ने 

नेकपा सचिवालय बैठक मंगलबार बस्ने

email sharing button

काठमाडौँ, २४ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक आह्वान गरेको छ ।

बैठक मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

बैठकमा समसामयिक विषयमा छलफल हुने तथा कोरोना रोकथाम तथा नियन्त्रणबारे भइरहेको गतिविधिलगायत विषयमा पार्टीले समीक्षा गर्ने श्रेष्ठले बताए ।

सचिवालय बैठक बोलाउन चौतर्फी माग भइरहेको थियो ।

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत सचिवालय बैठक राख्न अनुरोध गरेका थिए भने वरिष्ठ नेता झलनाथ खनालले पनि यसका लागि आग्रह गरेका थिए । दैनिक नेपाल