• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

डडेल्धुरा : छाउपडीप्रथा अन्त्य गर्न छाउगोठ भत्काउँदै प्रहरी

नेपाल पोस्ट दैनिक
    January 21, 2020  मा प्रकाशित

Spread the love
      

डडेल्धुरा  ७ माघ । डडेल्धुराको आलिताल गाउँपालिकामा रहेका दर्जन बढी छाउगोठ प्रहरीले भत्काएका छन् । प्रहरी चौकी आलितालबाट खटिएका प्रहरीले जननप्रतिनिधि र स्थानीयको सहयोगमा वडा नं ७ मा रहेका दर्जन छाउगोठ भत्काएको प्रहरी सहायक निरीक्षक कोमलप्रसाद जोशीले बताए ।

प्रहरीले कुप्रथाका रुपमा रहेको छाउपडीका विषयमा सचेतना कार्यक्रम संचालन गरी गोठ भत्काउन सुरु गरेको हो। डडेल्धुराका भित्रिमदेशमा रहेका छाउगोठ प्रहरीले भत्काएको हो।

सोमबार प्रहरी सहायक निरीक्षक जोशीको नेतृत्वमा खटिएको टोलिले आलिताल ७ बलौचा र चिनीगौडामा रहेका १२ वटा छाउपडी गोठ भत्काएको बताए । गतसाता इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख प्रहरी निरीक्षक जनकबहादुर मल्लको नेतृत्वमा गएको प्रहरी टोलीले आलिताल गाउँपालिका ६ धिमडाका २ दर्जन घरपरिवारले प्रयोगमा ल्याएका ११ वटा छाउगोठ भत्काएको थियो  ।

सामुदायिक साझेदारी कार्यक्रमअन्र्तगत स्थानीय तथा प्रहरीको सक्रियता र जनप्रतिनिधिको सहयोगमा उक्त छाउगोठहरु भत्काइएका हुन् । छाउगोठ भत्काउने सो अभियानमा आलिताल गाउँपालिकाले सहयोग गरिरहेको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए ।

मानिसको सोचाइमा परिवर्तन नआएसम्म छाउपडी प्रथा हट्न मुस्किल रहेको भएपनि समाजका अगुवा र बुद्धिजीविले भने साथ दिइ रहेको अध्यक्षले बताए । छाउ भएकी महिलालाई घरमा राखे अनिष्ट हुने र देउता रिसाउँछ भन्ने अन्धविश्वासका कारण महिला छाउगोठमा बस्न वाध्य छन् । महिनावारी अर्थात् छाउ भएकी महिलाका लागि बस्ने छुट्टै कटेरोलाई छाउगोठ भनिन्छ।

आफ्नो गाउँपालिकामा छाउपडीप्रथा अन्त्य गर्न तथा छाउगोठ भत्काउन प्रत्येक वडामा छाउपडी सम्बन्धी जनचेतना जगाउने काम भइरहेको गाउँपालिका उपाध्यक्ष जाला बोगटीले बताइन् । छाउगोठ भत्काउने क्रममा केही बुढापाकाले गुनासो गरेपनि नयाँ पुस्ताले भने सो कार्यलाई आफूखुसी सहयोग गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।

मुलुकी अपराध संहितामा महिला रजश्‍वला भएको अवस्थामा छाउगोठमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र  तीन हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी राजुप्रशाद पौडेलले वताए ।

समाजिक कुप्रथाको रुपमा रहेको छाउपडी प्रथाका कारण गोठमा बस्दा बर्षेनि किशोरी र महिलाले ज्यान गुमाउनु परेको छ ।भित्रिमदेशमा मात्रै नभई डडेल्धुराका अन्य क्षेत्रमा पनि छाउपडी र छुवाछुत कायमै छ । छाउपडी र छुवाछुत कै कारण महिला विभिन्न हिंसामा पर्ने गरेका छन्। अन्नपुर्ण पोष्टबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑