समाचार

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो,हवाई इन्धन र खाना पखाउने ग्यासको मूल्य यतावत

काठमाडाैं, १७ पुस । नेपाल आयल निगमले बुधबार मध्य रातबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । निगमले भारतीय आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको हो।

अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि आईओसीले पठाएको सूची अनुसार मूल्य बढेको निगमले जनाएको छ। अब पेट्रोल प्रतिलटर १११ पुगेको छ भने डिजेल र मट्टीतेल एक सय रुपैयाँ पुगेको छ।

यसअघि पेट्रोल १०९ रुपैयाँमा पाइन्थ्यो भने डिजेल र मट्टीतेल ९८ रुपैयाँ पथ्र्यो। आयल निगमले हवाई इन्धन र खाना पखाउने एलपी ग्यासको मूल्य भने यतावत रहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।