शम्भु चौधरी लहान १५ पुस । अहिलेका पत्रकारहरु मौलिक कुराहरु बहुत कम मात्रामा लेख्ने गरेको नेपाल पत्रकार महासंघ शाखा सिरहाका सभापति दिनेश्र प्रसाद गुप्ताले बताउनु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र प्रदेश २ जनकपुर कार्यालयले आयोजना गरेको मानव अधिकार रक्षकका अधिकार तथा प्रदेशको मानव अधिकार अवस्था विषयक मिडिया साझेदारी बैठकमा यस्तो बताएको हो ।
पहिले पत्रकार कम थियो त्यति पढेका पनि थिएन तर अहिले पत्रकार बढि छ पढाइमा बि ए देखि पि एच डि सम्मको छ तर मौलिकताका कुराहरु कम मात्रामा पत्र पत्रिकामा आइरहेकोले सभापति गुप्ता दुःख प्रकट गरेका छन ।
हामी अधिकारकर्मी र संचारकर्मी मिलि स्वस्थ्य न्याय दिनुपर्छ । जनप्रतिनिधिले गर्न नसकेको काम हामि मार्फत गरिनुपर्छ । हामीले सफा समाजको निर्माण गर्नुपर्छ । अधिकार र कानूनी कुराहरु पत्रकार साथीहरुले बुझ्नै पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा प्रदेश २ अन्र्तगत सिरहा जिल्लाका १ सय वटा घटनाका डाटाहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा अधिकारकर्मी सुनिल कुमार साह, देवराज पोखरेल, बिनोद विसुन्के, रेनु कर्ण, उमेश विसुन्के लगायत अन्य अधिकारकर्मी तथा संचारकर्मी जिवछ उदासी, शम्भु यादव, फिरोज शेख, मनोज बनैता, यमुना खनाल, महेश सिहं महतो, संजय विश्वकर्मा, फिरोज सिद्धिकि, शम्भु चौधरी लगायत अन्य संचारकर्मीहरुको उपस्थित रहेको थियो ।