प्रदेश १ · समाचार

धारिलो हतियार प्रहार गरी उदयपुरमा आमा-छोरीको विभत्स हत्या

उदयपुर  २५ असोज । उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा शुक्रबार राति आमा छोरीको विभत्स हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीबारीका स्थानीय ३२ वर्षीया’ शारदा चौधरी र उनीकी ९ वर्षकी छोरी रचना चौधरीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको हो ।

शनिबार बिहानमात्रै चौधरीका छिमेकीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो । घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए ।

मृतकको श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको र हत्या गर्ने व्यक्ति अझै पत्ता नलागेकाले सुनसरीबाट तालीमप्राप्त कुकुर झिकाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।