मुम्बई । बलिउडमा सर्वाधिक प्रतिक्षित बनेको भारतीय सिनेमा ‘साहो’ले रिलिज अगावै ३५० करोड भारू कमाइ गरेको छ । सिनेमाले सेटेलाईट राइट बिक्रीबाट यो रकम कमाएको हो ।
सिनेमामा अगस्ट ३० मा रिलिज हुँदैछ । सिनेमामा ‘बाहुबली’ फेम प्रभासको मूख्य सिनेमा हो ।
‘बाहुबली’ फ्रान्चाइज रिलिजपछि प्रभासको पहिलो रिलिज भएकाले पनि सिनेमा दर्शकका लागि प्रतिक्षित सिनेमा बनेको छ । हलिउड शैलीको एक्सनले भरिएको सिनेमा करिब ३५० करोड भारूको बजेटमा निर्माण भएको हो ।
सिनेमामा प्रभासले श्रद्धा कपुरसँग जोडी बाँधेका छन् । सिनेमा तेलेगु, हिन्दी, तमिल तथा मलयालम गरी ४ भाषामा एकसाथ करीब १० हजार पर्दामा रिलिज हुँदैछ । एजेन्सी