मनोरञ्जन

अभिनेता रणवीर र आलियाको बिहे हुँदै

साउन ८ गते :अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट केही समयदेखि प्रेममा छन् । यी दुईको विवाहका बाधक बनेका आलियाका पिता एवं निर्देशक महेश भट्टले प्रेम स्विकारेका छन् ।

अब यी दुईको विवाह हुने कपुर परिवारका एक सदस्यले बताएका छन् ।ती सदस्यका अनुसार रणवीर र आलियाको विवाह आगामी नयाँ वर्ष २०२० को अवसर पारेर जनवरीमा गर्ने सल्लाह भइरहेको छ । अभिनेता ऋषि कपुरको चाहना पनि यी दुईको विवाह होस् भन्ने रहेको छ । ऋषि कपुर क्यान्सरका कारण अहिले पनि उपचारमा छन् ।

उनको स्वास्थ्यमा सुधार आएका कारण अब रणवीर विवाह गर्न चाहन्छन् । आलिया पनि विवाहको लागि तयार छिन् ।परिवारले यी दुईको विवाहको तयारी भइरहेको बताए पनि आलिया र रणवीरले विवाहको मिति खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।