३१ जेष्ठ । सुनसरीको इटहरीमा ’मिस व्यूटी आईकन २०१९’को आयोजना हुने भएको छ । एम के फोटोग्राफीको आयोजनामा हुने आइकनको आगामी असार ७ गते र १४ गते अडिसन हुने आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जनाएको छ ।
खास गरी १५ देखी २३ वर्ष उमेर समूहका युवतीहरू भित्र रहेका क्षमता र प्रतिभा प्रफुष्टन गर्ने उदेशयले कार्यक्रकको आयोजना गरिने कार्यक्रम संयोजक वसन्त बस्नेतले जानकारी दिए । प्रदेश नं १ क्षेत्र भित्रका २५ प्रतिस्पर्धी छनौट गरी असार २२ गतेबाट ट्रेनिङग्को सुरुवात हुने र १ महिनापछि श्रावण २४ गते त्यसको ’फिनाले’ हुने बस्नेतले बताए ।
फिनालेमा प्रथम द्धतिय र तितृय हुने प्रतिस्प्रर्धिलाई नगद क्रमशः ५० हजार, ३० हजार, १५ हजारका साथमा प्रथम हुनेलाई मिस पूर्वान्चलमा स्वतः सहभागी हुन पाउने अवसर प्राप्त हुने छ, भने साथमा अन्य म्युजिक भिडियोमा अवसर प्राप्त गरी आक्रसक गिफ्ट ह्याम्पर प्रदान गरिने बताइएको छ ।
साथै उत्कृष्ट १० मा प्रवेश गर्ने प्रतियोगीले ’सव टाइटल’ सहित नगद ५ हजार प्रादान गरिने आइकनकी अध्यक्ष तपस्या रणपालले जानकारी दिइन ।