प्रदेश १ · समाचार

पत्रकार महासङ्घ प्रदेश १ को मिसन टोलीले ग¥यो प्रतिवेदन सार्वजनिक

इटहरी सम्वादाता
२८ जेष्ठ ।इटहरीका मेयर द्धारीकलाल चौधरीको पछिल्लो समयका पत्रकार माथिको व्यवहार र त्यसपछि पत्रकारिता क्षेत्रमा आएको तरङ्लाई समेटेर पत्रकार महासङ्घ प्रदेश १ को मिसन टोलीले प्रतिवेदन सार्वजनिक गरेको छ ।

महासङ्घले ज्येष्ठ २३ गते सुनसरी जिल्लामा पत्रकारमाथि भएका आक्रमणको विषयको अध्यन गरी प्रतिवेदन तयार पार्न मिसन टोली गठन गरेको थियो । समितिले २५ गतेबाट काम सुरु गरी आज पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा मेयर चौधरीका अभिव्यक्ति असंंवैधानिक, मर्यादा विपरीत, गैरकानुनी, अभिव्यक्ति स्वतन्त्रताबिरोधि पदीय मर्यादा विपरीत, अराजक प्रकृतिको भएको र भ्रष्टाचार नियन्त्रणमा पत्रकारले वाधा गरेको तथ्यहीन भएको ठहर गरेको छ । पत्रकार महासङ्घले एक जिम्मेवार व्यक्ति जो कोहीलाई पत्रकारले प्रश्न गर्न पाउने भन्दै मेयरलाई त्यस्तो प्रकृतिको व्यवहार सुधार्न सुझाव दिएको छ ।

साथै प्रतिवेदनमा पत्रकार माथि भएका कमी कम्जोरीलाई पनि महासङ्घले बसेर छलफल गरी प्रेस जगतलाई थप मर्या्दित बनाउने मिसन टोलीका संयोजक मोहनकाजी न्यौपानेले जानकारी दिए ।।।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।