समाचार

महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिकामा पाेषण भत्ता,अपाँग भत्ता ,सुत्केरी भत्ता ,विधवा भत्ता लगायत अन्य भत्ता बाट बन्चित सम्बन्धित निकायको आलटाल

गौशाला १६ फाल्गुन /महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिकमा पाेषण भत्ता,वृद्व भत्ता,विधवा भत्ता र खाजा भत्ता,सुत्केरि भत्ता वाट सेवाग्राहि बन्चित भएका छन ।महाेत्तरी जिल्लाकाे सब भन्दा ढिलाे कार्य हुने र सेवा ग्राहिहरु सेवा लिन बाट बन्चित भएकाे ठाउँ सम्सी गाउँपालिका नै हाे यहाँका कर्मचारी ,वृद्व ,विधार्थी ,अपाँग, विधवा र वालवालिकाहरु पाेषण भत्ता लगायत अन्य सेवा सुविधा बाट बन्चित भएका छन तर मेयर र प्रशासकिय अधिकृतले विभिन्न वाहाना बनाउँदै अाईरहेकाे स्थानिय तथा कर्मचारीहरु गुनासाे गरेका छन।

एक त समयमा गाउँसभा कहिल्यै भएन यदि धेरै मन मत्थरले भए पनि रकम निकास गर्नुमा महीना भरी समय लाग्छ जसले गर्दा सेवा पाउनु काे साथै विकासकाे कार्यमा कठिनाई भईरहेकाे हुन्छ ।स्थानिय तहकाे जनप्रधिनिधिकाे कारण छिटाे छिटाे प्रशासकिय अधिकृत बदलिरहेकाे हुन्छ जसले गर्दा समयमा गाउँसभा नभईरहेकाे शिक्षा विद्हरुकाे भनाई छ यति मात्र हाेईन हाम्राे व्रचस्व कायम गर्नकाे लागि याे सबै काममा अढाई वर्ष देखि ढिलाे हुने गरेकाे छ जसकाे कारण जनता , कर्मचारी विधार्थीहरु समय समयमा दुःख पाईरहेकाे हुन्छ ।

सरकारले नि: शुल्क गरिएकाे स्यानेटरी प्याड कक्षा ६ देखि १० सम्मका अध्यणरत छात्राहरु नपाएकाेले पढाइ वाट बन्चित हुने गरेका छन साईकल वाँडेर शिक्षामा उन्नति र प्रगति हुँदैन जब सम्म विधालयमा गुणस्तरीय शिक्षक र कक्षा काेठामा लगातार छात्राहरु अध्यन्न गर्न आउँदैन कक्षा,आठ, नाै र दसमा अध्यनरत छात्राहरुले वताईन यति मात्र हाेईन सरकारले नि: शुल्क गरेकाे पाठयक्रम गाउँपालिकाले समयमा उपलब्ध नगराईरहेकाेमा उनिहरुले गुनासाे गरिन ।

गाउँपालिका भित्र धेरै कमिकमजाेरी भए पनि हामी कर्मचारिहरुलाई तलव दिई नै रहेकाे छु तर बाँकि रहेका भत्ताहरु चाँडै नै दिने सम्सी गाउँपालिकाका प्रशासकिय अधिकृत रामजि जाेशिले जनाए ।उता सेवा ग्राहिहरुले पाउने भत्ता अाठ महीना देखि नपाएकाे उप प्रमुख नगिना देवि यादवले स्वीकार गरिन्। तर जनताकाे सेवक नभएर अा अाफ्नाे परिवारकाे सेवक रहेकाे स्थानियहरुले बताए ।