Breaking News · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार

सर्लाहीको बाँकेमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते

सर्लाही सम्वादाता ७ कातिएक । पूर्वपश्चिम महेन्द्र राजमार्ग स्थित सर्लाहीको ईश्वरपुर नगरपालिका १२, बाँके जङ्गलमा शनिबार ट्रक र इभी गाडी ठोक्किँदा १२ जना घाइते भएका छन् ।

सर्लाहीबाट पूर्व बर्दिबासतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक ठोक्किँदा इभीमा सवार मानिसहरू घाइते भएका हुन् ।

दुर्घटनामा बाराको महागढीमाई नगरपालिका ६ का ४१ वर्षीय कामेश्वर सहनी, सोही नगरपालिकाको वडा ९ का ४८ वर्षीय राजेन्द्र राम, बाराकै सुवर्ण गाउँपालिका ४ बस्ने ३७ वर्षीय रञ्जित राम, ४५ वर्षीय भवन राम, ४० वर्षीय रामदेव राम, ४० वर्षीय विनोद राम, ४७ वर्षीय रुदल राम, सुवर्ण गाउँपालिका ७ बस्ने ६३ वर्षीय हरिहर राम घाइते भएका छन् ।
घाईतेहरुलाई स्थानिय क्लिनिकहरुमा उपचार भईरहेको प्रहरीले बताएका छन । दुर्घटना सम्बधि थप अनुसंधान भई रहेको प्रहरीले बताए ।