शम्भु चौधरी लहान ५ भदौ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा सामाजिक चिन्तक स्व. प्रदिप गिरिको स्मृतिमा सिरहा १ क्षेत्रीय कार्यसमितिद्वारा जे.एस. मुरारका बहुमुखी क्याम्पस लहान परिसरमा वृक्षरोपण गरिएको छ । चौथो स्मृति दिवसमा ५१ वटा आँप र लिचिको बिरुवा रोपिएको छ ।
कार्यक्रममा क्षेत्रीय सभापति महेश प्रसाद चौधरीले भने वहाँ एक बौद्धिक तथा उद्धरवारी नेता हुनुहुन्थ्यो, वहाँको नेतृत्वमा जुन किसिमको मिठास थियो त्यसकै सम्झना स्वरुप आज क्याम्पस परिसरमा मिठा मिठा फलको बोट लगाएका छो ता कि फलको मिठासले वहाको सम्झना सधै रहिरहोस ।
बृक्षारोपन कार्यक्रममा नेपाली कांगे्रसका महासमिति सदस्य रामसुन्दर चौधरी, प्रदेशसभा क सभापति सन्तोष उपाध्याय, ख सभापति धर्मदेव यादव, महाधिवेशन प्रतिनिधि अरुण केसी, जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष प्रदीप गुप्ता, महासचिव रविन्द्र श्रेष्ठ,लगायत क्याम्पसका प्रध्यापकहरु समेतको उपस्थिति रहेको थियो ।

