मकवानपुर २ भदौ । हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएका चार विद्यार्थीको पहिचान खुलेको छ।
बगाइएका मध्ये राक्सिराङ–१ की रेशमा स्याङतान कक्षा २ मृत अवस्थामा फेला परेकी छन्। सिमा बोलन कक्षा ६ घाइते अवस्थामा उद्धार भएकी छन्।
यस्तै, सुमित्रा बोलन कक्षा ५ र बिनता बोलन कक्षा ७ अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
विद्यालयबाट घर फर्किने क्रममा उनीहरूलाई खोलाले बगाएको हो।
घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
सम्बन्धित खबर
समाजसेवी यादवद्धरा २ सय २५ घरपरिवारलाई झुल वितरण
सुनसरीमा जुट खेती तर्फ किसान आकर्षित
आज नाग पंचमी घरघरमा श्रद्धापुर्वक मनाउदै
सरस्वती नदीको उद्गगमस्थल संकटमा धार्मिक आस्थाको केन्द्र खेतमा परिणत हुँदा स्थानियद्धरा संरक्षणको माग
सप्तरीमा ५६ लाखको लागतमा निर्मित सामुदायिक सभाहलको उद्घाटन
