Breaking News · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार

संघिय स्वास्थ्य मन्त्री मेहताद्वारा मधेस प्रदेशका स्वास्थ्य संस्थाको अनुगमन

शमभु चौधरी, लहान ३१ साउन । संघिय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सिरहाको लहानस्थित विभिन्न स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षण गरेकी छिन् ।
वहाँले रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहान पुगेर अस्पतालको समग्र सेवा प्रवाह, पूर्वाधार तथा उपचार व्यवस्थाबारे जानकारी लिनुका साथै ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत अवलोकन समेत गरेकी हुन् ।
पूर्व–पश्चिम राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई समयमै उपचार उपलब्ध गराउन लहानमा प्रभावकारी ट्रमा सेवा आवश्यक रहेको उल्लेख गर्दै उनले ट्रमा सेन्टर सञ्चालनलाई प्राथमिकताका साथ अघि बढाउने बताएकी हुन् । तर ट्रमा सेन्टर बन्न समय लाग्ने भएको बताईन किनकी सेन्टरको धेरै विधि प्रकृयाहरु पुरा गर्नु पर्ने हुन्छ । यहिले युनिटलाई नै प्रथमिकता राखी सेन्टरको लागी आवश्यक पहल गर्ने बताईन ।
यसै क्रममा मन्त्री मेहेताले सगरमाथा चौधरी आँखा अस्पताल लहान र महेन्द्र गेनाई प्रसूति गृह धनगढीमाई न पा ११ छपरारीको समेत निरीक्षण गर्नुभएको छ। उहाँले स्वास्थ्य संस्थामा उपलब्ध सेवा, जनशक्ति, पूर्वाधार, उपकरण तथा बिरामीले प्राप्त गरिरहेको सेवाको अवस्थाबारे जानकारी लिएकी थिइन् ।
स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै गुणस्तरीय, सहज र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले आवश्यक सुधार तथा व्यवस्थापनलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

अनुगमन तथा निरिक्षण कै क्रममा सिराहाको लहान १५ स्थित ऐतिहासिक तथा धार्मिक स्थल राजदेवी मन्दिरमा दर्शन गरियो । शक्तिपीठका रूपमा श्रद्धा गरिने राजदेवी मन्दिर ठुलो क्षेत्रफलमा रहेको बताईन ।
हरेक वर्ष ठूलो संख्यामा श्रद्धालुहरू भाकल तथा पूजाअर्चनाका लागि आउने यस मन्दिरमा धार्मिक आस्था र परम्परासँग जोडिएका विभिन्न अनुष्ठानहरू हुँदै आएका छन्।
नेपालका विभिन्न जिल्लासँगै सीमावर्ती भारतबाट समेत श्रद्धालुहरू आउने राजदेवी मन्दिर धार्मिक आस्था, स्थानीय संस्कृति र पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।