लहान २२ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाद्धरा सचेतना मुलक कार्यक्रम संचालन गरेको छ । यस कार्यालय तथा मातहत सम्पुर्ण युनिटहरुमा विशेष गरी ग्रामिण सडक खण्डहरुमा मोटरसाईकल लक्षित कार्यक्रम तथा विद्यालय कार्यक्रम अन्तर्गत सो कार्यक्रम संचालन गरिएको हो ।
सयौ सेकेन्ड बचाउन होईन आफ्नो र अरुको जिवन जोगाउन चलाऔ भन्ने मुल नाराका साथ तिव्र गतिमा सवारी नचलाउने, मोटरसाईकलमा सिट क्षमता भन्दा बढी सवार नहुने र अनिवार्य हेल्मेट प्रयोग गर्ने, हेल्मेट लगाउदा बेल्टको अनिवार्य प्रयोग गर्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, मोबाईल फोन प्रयोग नगर्ने जस्ता विषयमा छलफल भएको थियो ।
सवारी चालक अनुमति पत्र नभएको व्यक्तिले सवारी नचलाउने र सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई आफ्नो सवारी नदिने वा सवारी साधन चलाउदा अनिवार्य कागजपत्र साथमा लिई सवारी चलाउने तथा सवारी पार्किङ जताभावी नगर्ने, पैदलयात्रीले जेब्राक्रसिङ्ग, सही दिशाबाट आवतजावत गर्ने, ससार सवारी साधनको मर्मत सम्भार गर्ने र कुनै स्थानमा सवारी दुर्घटना भएको जानकारी आएमा घाईतेको तत्काल उद्दार गर्ने जस्ता कुरा कार्यक्रममा बताए । नजिकको प्रहरी युनिट अथवा १०० र १०३ नं मा सम्पर्क गर्न उत्प्रेरित गर्ने साथै ट्राफिक चिन्हहरुको जानकारी लगायत ट्राफिक नियमको पालना गरी सम्भावित सवारी दुर्घटना न्युनिकरण गर्ने सम्बन्धी प्रशिक्षण दिईएको छ ।
यस्ता प्रशिक्षणका कार्यहरु ग्रामिण भेगका विधालयहरुमा गई विधार्थीहरु मार्फत आफना अभिभावकहरु समक्ष पुरयाउने यसको मुख्य उद्देश्य रहेको छ ।

