सर्लाही १७ माघ। शुक्रबार बिहान करिब १० बजे बिर्ताबाट बर्कुरवातर्फ जाँदै गरेको बि आर ३० ए पी ३०३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री मृत्यु भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ स्थित बिर्ताटोलमा बस्ने वृद्धा महिलाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय अन्दाजी ६५ वर्षीया शान्ति देवी ठाकुरको मृत्यु भएको हो ।
हिजै दिउँसो करिब ४ बजे वीरगञ्जस्थित वीरगञ्ज न्यूरो अस्पतालमा उपचारका उनको मृत्यु भएको हो । प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका–३ बर्कुरवा बस्ने अन्दाजी २० वर्षका विशाल महतोलाई नियन्त्रणमा लिई प्रहरी चौकी मोहनपुरमा राखेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी शान्ति देवीको टाउको, निधार र ढाडमा चोट लागेको थियो । उनलाई उपचारका लागि तत्काल अमृत हेल्थ केयर, बयलबासमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि उनलाई थप उपचारका लागि दिउँसो करिब १ बजे वीरगञ्ज पठाइएको थियो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।