• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नवराजपुर–५ मा बिपिएल सिजन क्रिकेट प्रतियोगिता सम्पन्न

नेपाल पोस्ट दैनिक
    January 30, 2026  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान १६ माघ । लागू औषध विरुद्धको बोल,खेलाडी उत्पादनमा जोड भन्ने मुल नाराका साथ नवराजपुर गाउँपालिका ५ मा वडा स्तरीय बिपिएल सिजन क्रिकेट प्रतियोगिता २०८२ आज सम्पन्न भएको छ। प्रतियोगिताले स्थानीय युवामा खेलकुदप्रति आकर्षण बढाउनुका साथै सामाजिक सचेतना फैलाउने लक्ष्य लिएको आयोजकले जनाएको छ ।
वडा स्तरमै खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा विभिन्न टिमहरूको उत्साहजनक सहभागिता रहेको थियो। फाइनल खेल देवनगर र कुसंडी टिमबीच प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको थियो। दुवै टिमले उत्कृष्ट खेल प्रदर्शन गरे पनि अन्ततः देवनगर टिम विजयी बन्न सफल भयो।

प्रतियोगिताको समापन समारोहमा सिरहा निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभा जसपा नेपालका उम्मेदवार संजिव यादव प्रमुख अतिथिका रूपमा सहभागी थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा गाउँपालिका अध्यक्ष शिव उदगार यादव, वडा ५ का वडा अध्यक्ष जय प्रकाश यादव तथा वडा १ का वडा अध्यक्ष नविन यादवको उपस्थिति रहेको थियो। अतिथिहरूले विजेता तथा उपविजेता टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्दै खेलाडीहरूको हौसला बढाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संजिव यादवले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र जिम्मेवार बनाउने बताउनुभयो। उहाँले लागूऔषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै त्यसबाट युवालाई जोगाउन खेलकुद, शिक्षा र सचेतना कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले आफू निर्वाचित भएमा यस क्षेत्रमा मिनी क्रिकेट स्टेडियम निर्माणका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
आयोजकका अनुसार प्रतियोगिताले खेलकुदसँगै सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्य पूरा गरेको छ। सहभागी खेलाडीहरूले पनि यस्ता कार्यक्रमले आफूहरूलाई ऊर्जा र प्रेरणा दिने बताएका छन्। स्थानीय स्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले गाउँ–समाजमा सकारात्मक वातावरण सिर्जना गर्नुका साथै युवालाई रचनात्मक गतिविधितर्फ उन्मुख गराउने विश्वास लिइएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑