• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

निजि जग्गा अगाडी वडा कार्यालय बनाउन लाग्दा स्थानीयको बिरोध

नेपाल पोस्ट दैनिक
    December 4, 2024  मा प्रकाशित

Spread the love
      

सिरहा- सिरहाको लहान नगरपालिका-२ भगवानपुरमा वडाध्यक्षद्वारा सार्वजनिक ऐलानी जग्गामा वडा कार्यालय निर्माण गर्न सिलान्यासको प्रयास गर्दा स्थानीयले विरोध जनाएका छन्। वडाध्यक्ष सियाराम यादवले सार्वजनिक जग्गा अतिक्रमण गरी वडाकार्यालय निर्माण गर्न लागेको भन्दै स्थानीयस्तरमा आक्रोश चुलिएको हो। स्थानीय भूपेन्द्र कुमार यादवको निजी जग्गाको अगाडी जग्गा धनीलाई घात हुने गरी वाडा कार्यालय निर्माण गर्न लाग्दा स्थानीय युवाहरुको एक समूहले बिरोध जनाएका छन्।

वडाध्यक्ष यादवले स्थानीय भूपेन्द्र कुमार यादवको १ कठ्ठा २ धुर निजी जग्गाको अगाडि रहेको सार्वजनिक ऐलानी जग्गा अतिक्रमण गरी करिब ७ धुर जमिनमा वडाकार्यालय बनाउन प्रयास गरेपछि स्थानीयले विरोध गरेका थिए। विरोधको क्रममा निर्माण सामग्रीसहित पुगेका निर्माणकर्ताहरू भागाभाग भएका थिए।
स्थानीयका अनुसार वाडा अध्यक्ष आफै ऐलानी जग्गा अतिक्रमण गरी घर बनाएका छन्। सब भन्दा पहिला उ आफै सुधरीनु पर्ने हो र मानवता देखाउनु पर्ने थियो तर आम जनतालाई दुख दिने र जनप्रतिनिधि भएर स्वम ऐलानी जग्गा अतिक्रमन गरी बनाएको घर हटाउन स्थानीयले माग गरेका छन्।
स्थानीयका अनुसार वडाध्यक्षले राजनीतिक पूर्वाग्रहका आधारमा वडाकार्यालय निर्माण गर्न लागेको आरोप छ। ‘सार्वजनिक जग्गा अतिक्रमण गरेर वडाकार्यालय बनाउन खोज्नु जनताको लागि दु:खद छ,’ स्थानीय राम औतार महतोले भने। वडाध्यक्षले कुनै प्रक्रिया र बजेट सूचना बिना नै करिब ४२ लाख रुपैयाँको लागतमा उपभोक्ता समिति गठन गरी निर्माणको तयारी गरेका थिए।
स्थानीयको दाबी छ, वडाध्यक्षले मौखिक निर्देशनका आधारमा अधिक लाल महतोको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी रकम दुरुपयोग गर्न लागेको हो। ‘४२ लाख रुपैयाँ कमिसनको चक्करमा वडाकार्यालय निर्माण गर्न खोजिएको छ,’ स्थानीय दुर्गाप्रसाद महतोले भने।
यसअघि सोही जग्गा नजिक निजी जमिनमा स्वास्थ्यचौकी निर्माण गर्दा समेत विवाद भएको थियो। तत्कालीन नगरप्रमुख मुनी साहको पालामा निर्माण थालिएको स्वास्थ्यचौकीमा स्थानीयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि अदालतले निर्माण रोक्न आदेश दिएको थियो।
वर्तमान विवादका सन्दर्भमा प्रतिक्रिया लिन खोज्दा वडाध्यक्ष सियाराम यादवसँग सम्पर्क हुन सकेन।
स्थानीयले ऐलानी जग्गामा वडाकार्यालय बनाउन नदिने चेतावनी दिएका छन्। ‘सरकारले जनताले तिरेको करको रकम दुरुपयोग गर्दै जनतालाई दुःख दिने काम गरिरहेको छ,’ स्थानीय दुर्गाप्रसाद महतोले भने।
स्थानीयले ऐलानी जग्गामा कुनै पनि सार्वजनिक संरचना निर्माण रोक्न माग गरेका छन्। ‘सार्वजनिक जग्गामा कार्यालय बनाउँदा जनतालाई असुविधा हुने भएकाले यो काम रोक्नुपर्छ,’ उनीहरूले भने।
पालिकाको निर्देशनबिना वडाध्यक्ष यादवले जथाभावी निर्णय लिँदा स्थानीयमा आक्रोश थपिएको छ।विरोधपछि निर्माणस्थलमा लगिएका उपकरणसमेत फिर्ता गरिएको छ।
बिना कार्या आदेश र उपभोक्तामा पनि ठेक्का प्रक्रियामा काम गराउन लाग्दा बिरोध जनाएका छन्। निर्माण स्थलमा बजेट सूचना पार्टी समेत नराखी कार्य सुरु गर्दा स्थानीय लाई संका उबजिएको हो।
करिब ४२ लाखको लागतमा उक्त वाडा कार्यालय निर्माण गर्न स्थानीय सरकारले बजेट छटयाएका छन्। उक्त ठाँउमा निर्माण गर्न छाडेन भने वाडा कार्यालयमा तालाबन्दी र धारना समेत बस्ने र अन्तमा मानेन भने कार्यालयमा आगजानी समेत गर्ने चेतावनी दिएका छन्।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑