• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नगरपालिकाको नाम नै छिया छिया

नेपाल पोस्ट दैनिक
    November 22, 2024  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, ७ मंसिर सिरहा । सिरहाको धनगढीमाई नगरपालिकामा प्रमुख नेतृत्व—मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, र कार्यपालिका सदस्यहरू आ आफ्नै खिचातानी र हठको अडानमा उभिएपछि नगरपालिकाको नाम नै छिया छिया भएका छन।
नगरपालिकामा सरोकारवालाहरुले आ आफ्नै किसिमको प्रेस विज्ञप्ति उपर प्रेस विज्ञप्ती र विवादका प्रभावका कारण जनताको समस्या समाधानमा कुनै ठोस कदम चालिएको छैन । विज्ञप्तिहरू प्रकाशनसँगै नगरवासीहरूमा असन्तोष र चासो बढ्दै गएको देखिन्छ ।
पत्रकार विनोद मणडल आफनो फेसबुक पेजमा लेख्नु हुन्छ, नगरपालिकाको नेतृत्वले व्यक्तिगत स्वार्थ र अधिकारको द्वन्द्वलाई प्राथमिकता दिएर आम जनताको हितलाई उपेक्षा गरिरहेको छ । यसै कारण, आधारभूत सेवा—जस्तै जन्मदर्ता, नागरिकताको सिफारिस, स्वास्थ्य सेवा, शिक्षाका लागि सिफारिस, र स्थानीय विकास निर्माणका कामहरू प्रभावित भएका छन् । आम सेवाहरू ठप्प भएपछि नगरवासीहरू आक्रोशित बनेका छन् । नगरपालिकामा आम जनता सडक संघर्षको तयारीमा करिब करिब जाने पक्का भइरहेको वुझिएको छ ।
नगरको विवाद तत्काल समाधान नभए नगरपालिकाको मूल कार्यालयमा धर्ना, प्रदर्शन र अन्य आन्दोलनका कार्यक्रम अघि बढाउने योजना रहेको स्थानिय नागरिकहरूले बताउँदै आएका छन । नगरपालिकाको नेतृत्व पक्षले आपसी विवाद समाधान गर्न कुनै ठोस पहल नगरेको भन्दै आलोचित बनेको छ । मेयर र उपमेयरबीचको संवादहीनता, कार्यपालिका सदस्यहरूबीचको विवाद, र प्रशासकीय अधिकृतको भूमिकालाई लिएर थप समस्या बल्झिएको छ ।
धनगढीमाई नगरपालिकाका स्थानीयवासीहरूले नेतृत्वलाई आपसी विवाद र किचलो अन्त्य गरी जनताको समस्या समाधानतर्फ ध्यान दिन आग्रह गरेका छन् । उनीहरूले नगरपालिकालाई राजनीतिक र व्यक्तिगत स्वार्थबाट माथि उठ्न र आम जनताको सेवामा केन्द्रित हुन चेतावनी दिएका छन् ।
यदि शीघ्र कदम चालिएन भने, सिरहाको धनगढीमाई नगरपालिका निकट भविष्यमा ठूलो नागरिक आन्दोलनको केन्द्र बन्न सक्ने देखिन्छ ।

त्यसैगरी धनगढीमाई नगरपालिकाका निवर्तमान नगर प्रमुख हरि नारायण चौधरी पनि आफनो समाजिक संजालमा लेख्नु भएको छ, स्थानीय सरकार सञ्चालनका क्रममा नगर प्रमुखले अभिभावकीय र समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। विविध विचार र पक्षहरूको संकेन्द्रित अभिव्यक्ति वा व्यवहार नै नेतृत्व हो, भन्ने कुरालाई नजर अन्दाज गर्दै आन्तरिक, अनौपचारिक गन्थनमन्थनका विषयहरूलाई गिजोलेर समस्याहरुलाई समाधान गर्नुको साटो तिललाई पहाड बनाउने प्रयास आफैमा खेद जनक छ र साथै जन अभिमत प्रतिको अपमान हो।
तसर्थ, जन अभिमतको सम्मान गर्दै जनचाहना पूरा गर्न स्थानीय सरकार सञ्चालनको मूल मन्त्र(समन्वय, सहकार्य र सह(अस्तित्वलाई आत्मसात गरी जनउत्तरदायीत्व, जवाफदेहिता र पारदर्शिता सुनिश्चित गर्दै सुलभ र गुणस्तरीय सेवा प्रवाह द्वारा सुसाशन, विकास र सामाजिक न्याय सहितको समृद्धि हासिल गर्न स्थानिय शासन पद्दतीलाई सुदृढ र संस्थागत गर्न नेतृत्वले अहम भुमिका खेल्नुपर्दछ। हिजोका दिनमा हामीले गरेका सकारात्मक अभ्यास पनि आज नजिरका रुपमा लिन सकिन्छ । सम्वाद, सहमति र सहकार्यको निम्ति सर्वपक्षिय समन्वयात्मक भूमिका निर्वाह गर्दै परिस्थितीलाई सामान्यीकरण गर्न नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।
समाजिक संजालमा आएका अतिका सुझावहरुलाई अहिलेसम्म कुनै किसिमको नजर अंदाज नगरी कुन दुलोमा खिचडी पकाई भईरहेको छ बुझन गाहो भो यार ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑