• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गणेश चौथी अर्थात् चौर्चन मनाइँदै

नेपाल पोस्ट दैनिक
    August 30, 2022  मा प्रकाशित

Spread the love
      

विनोद मण्डल  १४ भदौ । हिन्दु धर्ममा गणेश चतुर्थीको आफनै महत्व रहेको पाइन्छ । प्रत्येक वर्ष शुक्ल चतुर्थीका दिन अग्रपुजाको रूपमा यो पर्व मनाइन्छ ।

सत्य युगमा भाद्र शुक्ल चतुर्थीको दिन शिव पार्वतीको सन्तानको रूपमा गणेश भगवानको जन्म भएको र हिन्दू धार्मिक आस्थानुसार हरेक धार्मिक कार्यमा गणेशलाई अग्र स्थानमा राखेर पूजा गरिन्छ । गणेश चौठी अर्थात् चौरचन आज धुमधाम संग मधेशका जिल्लाहरूमा मनाईदै छ । मधेशमा प्रकृतिसँग सम्बन्धित चाडपर्वहरूको महत्त्व सधैं रहेको पाइन्छ ।

एकातिर सूर्यदेवको पूजा गरेर छठ चाड मनाइन्छ भने अर्कोतिर, चौरचन पर्वलाई चन्द्रदेवको पूजाको लागि विशेष महत्त्व रहिआएको पाइन्छ । चौर्चनको दिन मानिसहरू चन्द्रदेवको पूजा गरी व्यक्ति झूटा कलंकबाट बाँच्न सकिन्छ भन्ने जनविश्वास मानिसमा रहिआएको पाइन्छ ।

साँझमा गरिने चौरचन् पूजामा विभिन्न पकवान बनाएर बेलुका आँगनमा लिपपोत गरी आँगनको बीच भागमा चारपाटे तरिकाले लिपेर पिर्का राखेर पूजा सामग्री राखी विधि पूर्वक गणेशको पूजा गरिन्छ तर ठाउनुसार पूजा विधि भने फरक फरक तरिकाले मनाउने चलन समेत रहेको पाइन्छ ।

पुराणहरूमा वर्णन गरिएनुशार चौर्चनको दिन चन्द्रमामा दाग लागेको हुन्छ र ती दागले गर्दा मानिसमा चन्द्र दोष लाग्ने हुँदा दोष कटाउन पूजाको समापन पछि रातिको समयमा चौठी हानेर आफ्नो दोष कटाउने चलन समेत रहेको पाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता अनुसार यो पर्व मनाइने गरिएको हो ।

मङ्गल चतुर्थीसमेत भनिने आजका दिनलाई नेवार समुदायले चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ । यस वर्ष तीज र चौर्चन एकै दिन परेको हुनाले विधिपूर्वक यो पर्व धुमधामका साथ मनाइदै छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑