अनुभक्त चौधरी लहान १४ पुस । सिरहाको लहान नगरपालिका २२ सिसवनिमा किसानहरुको लागि एक दिने किसान जगृति कार्यक्रम सम्पन्न भएको छ । धर्ती आमालाई बचाउ अभियान नारा रहेको किसान जागृति कार्यक्रममा धर्ती लाई बचाउनु छ भने खेती गर्दा खेत बारीमा प्राराङगिक मल प्रयोग गर्न किसानहरूलाई सुझाव दिएका थिए ।

किसानहरुलाई रसायनिक मललाई हटाई प्रारंगिक मल प्रयोग गरी अरज्ञानिक खेति तर्फ अग्रसर गाउने उद्देश्य राखी एक दिने कार्यक्रम संचालन गरिएको थियो ।
किसान कल्याण कृषि सहकारी संस्था लि लहान २२ सिरहाको आयोजनामा सम्पन्न कार्यक्रमलाई सहजिकरण संजय कर्णले गरेका थिए । कार्यक्रममा ५० जना कृषकहरुको सहभागी रहेको थियो भने सहकारीका अध्यक्ष श्याम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।