शम्भु चौधरी लहान १३ भदौ । अमृता बचाउ अभियानमा अहिले सम्म संकलित रकम रु एक लाख आठ लाख सात सय पचास अमृता परिवारलाई एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ । जिल्ला सप्तरी अग्नी साईर कृष्ण सवरण गाउँ पालिका ५ छपकी की अमृता शर्मालाई रकम हस्तान्तरण गरिएको बेल्ही युथ क्लबका अध्यक्ष प्रमोद साहले बताए ।

क्यान्सर रोगबाट पिढित शर्माकी घरको अवस्था दयनिय भएकोले उपचारमा समस्या भईरहेको थियो । शर्मालाई उपचारको लागी बेल्ही युथ क्लबका पदाधिकारीहरु केही दिन अगाडी अमृता बचाउ अभियान नै संचालन गरेको थियो । उनलाई घाँटीमा घाउ भएर क्यान्सर भएको थियो । भरतपुर क्यान्सर अस्पतालबाट उपचार भएकी शर्माकी अवस्था अहिले समान्य छ ।
गाउँ पालिका अध्यक्ष परशुराम चौधरीको प्रमुख अतिथिमा भएको सो हस्तान्तरण कार्यक्रममा वडा सदस्यद्धय मो.हसमत,सदनारायण साह, पुर्व गा वि स अध्यक्ष रामदेव यादव,अमृता बचाउ अभियानका संयोजक पवन शर्मा,अमृता शर्मा की परिवारीक सदस्यहरु लगायत विभिन्न राजनितिक दलका प्रतिनिधिहरु उपस्थित भएको क्लबका संस्थापक अध्यक्ष शंकर यादवले जानकारी दिएका छन ।
बेल्ही युथ क्लबका अध्यक्ष प्रमोद साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
