Breaking News

प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा

कपिलवस्तु, जेठ १० । कपिलवस्तु शिवराज नगरपालिका ५ चन्द्रौटामा प्रभु बैंकले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

प्रभु बैंकले संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याउनुका साथै गाउँ-गाउँमा बैंकिङ्ग सेवा पुर्याउने लक्ष्य लिएका छन् । शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले शाखाको एक समारोहका बीच उद्घाटन गरेका छन् ।

यसैगरी, अधिकारीले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै चन्द्रौटा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गरेका छन् ।

चन्द्रौटा शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने अधिकारीले जनाएका छन् । यसैक्रममा, क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।