समाचार · सामाज

सिरहामा एक वडा अध्यक्ष माथि जवरजस्ती करणीको आरोप

लहान, १८ असोज । सिरहा अर्नमा गाउँपालिका–१ का वडाध्यक्ष गफार मियाँ बिरुद्ध जवरजस्ती करण गरेको भन्दै एक महिलाले जिल्ला प्रहरी कार्यालय सिरहामा हाजेरी दर्ता गराएकी छन् ।

एक व्यवसायी महिलाले जवरजस्ती करणी आरोप लगाउदै जाहेरी दिएकी छन् । ‘घटना भएकै हो,’जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम पौडेलले भने,‘घटनाबारे अनुसन्धान जारी छ ।

अहिले नै धेरै कुरा बाहिर नलगौं । अनुसन्धान पछि सबै कुरा बाहिर आउने छ ।’ आरोपबारे बुझ्न वडाध्यक्ष मियाँसँग गरेको पटक पटकको फोन प्रयास सफल हुन सकेन् । श्रोतका अनुसार शुक्रवार दिउसै देखि वडाध्यक्ष सम्पर्क विहिन बनेका छन् । वडा कार्यालयमा समेत नआएको कार्यालय श्रोतको दाबी छ ।

घटनाको गाईगुई हल्ला चलेपछि वडाध्यक्ष मियाँ फरार भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार फरार वडाध्यक्षको खोजी कार्य जारीरहेको छ । नेकपाबाट वडाध्यक्षमा निर्वाचित भएको थियो ।