नरेन्द्र महतो गौशाला / प्रदेश २ सरकारले जारी राखेको छोरी शिक्षा बिमा कार्यक्रम महोत्तरीको सोनमा गाउँ पालिकामा सम्म्पन्न भएको छ।
प्रदेश २ सरकारले गत माघ २ गते बाट प्रदेशका आठवटै जिल्लामा ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बिमा शिविर सञ्चालनमा ल्याएको थियाे ।
१५ वोटा स्थानिय निकाय भएका महोत्तरी जिल्लाको स्थानिय तहमा शिविर संचालन गरि मंगलबार देखी सोनमा गाउँपालिकामा सुरु गरिएको थियो साे शिविर बुधबार सुन्दरपुरमा बिमा गरि सम्मन्न भएकाे छ । यसै गरि दुई दिनमा २१७ जना छोरी लाई बिमा गरिएको साेनमा गाउँपालिकाले जनाएकाे छ।सोनमा गाउँपालिका वडा १ सोनमा ब्रम्ह स्थान स्थित श्री जनता आधारभूत प्राथमिक विद्यालयमा आयोजित छोरी शिक्षा बीमा शिविरको उदघाटन महोतरी क्षेत्र नमबर ४ का सांसद एवम संघीय सरकारको भुतपुर्व स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादवले गरेका थिए।
प्रदेश सरकारले प्रदेशमा जन्मेका छोरीहरुलाई दिने रकम जति सोनमा गाउँपालिका प्रमुख यादवले आउँदो आ. व .देखि थप ३ लाख दिने घोषण गरेको हुनाले सोनमा गाउँपालिकामा विमा गराउन आउने अभिभावकहरु ह्र्षित भएर उत्साह पूर्वक आफनो छोरीहरुलाई बिमा गराउन आएका थिए ।
बेटी बचाउ बेटी पढाउ अन्तर्गत छोरी शिक्षा बीमाको लागी मुख्यमन्त्रीको ५ वटा योजनाहरु रहेको बताउँदै गा.पा. प्रवक्ता अशोक कुमार यादवले छोरीको नाममा शिक्षा विमा मुद्दती खाता संचालन गर्ने,विद्यालयमा छात्रा मैत्री शौचालयको निर्माण गर्ने र स्यानेटरी प्याड वितरण गर्ने,छोरीलाई १२ कक्षा सम्म नि:शुल्क शिक्षा प्रदान गर्ने जनाए ।प्रचार–प्रसारको अभावको कारण छोरी शिक्षा बिमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकोमा स्थानियहरुले गुनासाे गरेका छन । प्रचार प्रसार भएकाे भए अरु बढने थियाे उहाँहरुकाे भनाई रहेकाे थियाे ।