शम्भु चौधरी लहान १ कार्तिक । सिरहाको लक्ष्मीपुर पतारी गाँउपालिका १ पिप्रा गाँउमा रहेका लक्ष्मी हरबाहचरबाह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेश्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । लक्ष्मीपुर पतारी गाँउपालिका १ का वाडा अध्यक्ष मनिकलाल यादबको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०७५, ७६ को वार्षिक आय वय विवरण सहकारीका सहलेखा पाल दुर्गा कुमारी मण्डलले प्रस्तुत गर्नुभएको हो । भवानी एकिकृत विकास केन्द्र भवानीपुर द्धारा गठित उक्त सभामा केन्द्रका महा सचिव जसकरन साह विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो ।
कार्यक्रममा श्री मावि पिप्राका प्र. अ. विनोद कुमार ठाकुर, सार्वजानिक सुनुवाइ समितिका संयोजक पिताम्बर ठाकुर, संयुक्त दलित मोर्चाका संयोजक असोक मण्डल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
सहकारीका अध्यक्ष आसा कुमारी मोचिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १ सय २५ जनाको सहभागीता रहेको सामुदायिक परिचालक हेम शँकर साहले जानकारी दिइएका छन् ।