शम्भु चौधरी लहान २८ कार्तिक । सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ४ कबिलासी पोखरिया गाउँमा भएको मृत्यु भोजमा दलित समुदायमाथि विभेद र दुर्व्यवहार भएको छ । कथित ‘गैर दलित व्यक्तिलाई खुवाइसके पछि घरधनीले दलित समुदायलाई साँझपख मात्रै भोजमा बोलाएका थिए । तर, भात दाल तरकारी र घयु पस्किएर दिएको भोज खानै लाग्दा यादव समुदायका ‘एक अगुवा’ले भात खाने पात खोसेर फालिदिएका हुन् ।
तर, भोज आयोजक परिवारले नै साँझ हाम्रा घरमा आएर खान आउन भने । छिमेकीले बोलाएपछि बालबालिकादेखि वृद्धवृद्धासम्म भोज खान आँगनमा लहरै बस्यौँ, ‘तर, पस्केर दिएको खाना खानै लाग्दा मेहदी उपेन्द्र यादवले फालिदिए । स्थानीय पशुपति यादव, रामचन्द्र यादव र भुल्ला भनिने रामप्रीत यादवसहितको समूहले अपमान गरेको एक अगुवाले बताए।
जातीय अगुवाहरूले दलितमाथि अपमान र दुव्र्यवहार गरेको भोज आयोजक परिवारका सदस्य उमेश यादवले स्विकार गरेका छन । आखाँमा आँसु भरेकै अवस्था वहाँले भने घटनाले आफूहरूलाई दुःखी बनाएको उनले बताए । ‘गाउँका अन्य समुदायले भोज खाएपछि मात्र दलितहरूलाई बोलाउनू भन्ने माइञ्जनको आदेशबमोजिम साँझ ७ बजेतिर बोलाएर ल्याएका हौँ,’ उनले भने, ‘उहाँहरू पस्किएको खानेकुरा खान सुरु गर्दै हुनुहुन्थ्यो, त्यहीवेला मदिरा सेवन गरेर आएका चारजनाले अस्वाभाविक व्यवहार गरे । उनीहरूले खाना मात्रै खोसेर फालेनन् तीन–चारजनालाई हातपातसमेत गरे ।’
स्थानीय ७४ वर्षीय सूर्यनाथ यादवको मृत्युपछि १३औँ दिनमा मृत्युभोज आयोजना भएको थियो । पिडितहरुले मौखिक रुपमा पिडा लिई वडा अध्यक्ष राम लोभित यादव कहाँ भनेका छन तर पीडितहरू बुधबार न्याय माग्दै प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी समक्ष घटना सुनाएका थिए । तर ढिला भएका कारण बिहीबार मात्रै उजुरी लिने सिरहा प्रहरीका डिएसपी अपिलराज बोहराले बताए ।
दलितमाथि भएका छुवाछुतका घटना गाउँमै दबाइने गरिएको दलित अभियन्ता बताउँछन् । कविलासीमा दलितमाथि दुर्व्यवहार भएको खबर पाएपछि मंगलबार प्रदेश २ की सांसद सुनिता राम, दलित अभियन्ता शिवकुमार महरालगायत टोली कविलासी गाउँ पुगेको थियो । आफूहरूमाथि विभेद र दुर्व्यवहार भएको भन्दै कानुनी उपचारमा जान सुझाएपछि पीडितहरू प्रशासनसम्म पुगेका हुन् ।
वडा अध्यक्ष राम लोभित यादवले भन्छन्–जातीय अपमान गर्ने माथि कानुनी कारबाही हुन्छ
गाउँका गैर समुदायले भोज खाएपछि मात्र दलितहरूलाई बोलाउनू भन्ने माइञ्जनको आदेश थियो । त्यसै अनुसार साँझ ७ बजेतिर बोलाएर ल्याएका हौँ । त्यति नै वेला मदिरा सेवन गरेर आएका तिन चारजनाको समूहले अस्वाभाविक व्यवहार देखायो । उनीहरूले दलितको खाना मात्रै खोसेर फालेनन्, चन्दर पासवान, छेदी मोचीसहित तीन–चारजनालाई हातपातसमेत गरे । यो घटनाले हामीलाई लजास्जद तुल्याएको छ यसको छिनो फानो गरेरै छाडने वडा अध्यक्षयादवले बताए ।