• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गैर दलितको भोजमा दलितलाई खान बोलाई, गरे अपमानजनक व्यवहार

नेपाल पोस्ट दैनिक
    November 14, 2019  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २८ कार्तिक । सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ४ कबिलासी पोखरिया गाउँमा भएको मृत्यु भोजमा दलित समुदायमाथि विभेद र दुर्व्यवहार भएको छ । कथित ‘गैर दलित व्यक्तिलाई खुवाइसके पछि घरधनीले दलित समुदायलाई साँझपख मात्रै भोजमा बोलाएका थिए । तर, भात दाल तरकारी र घयु पस्किएर दिएको भोज खानै लाग्दा यादव समुदायका ‘एक अगुवा’ले भात खाने पात खोसेर फालिदिएका हुन् ।
तर, भोज आयोजक परिवारले नै साँझ हाम्रा घरमा आएर खान आउन भने । छिमेकीले बोलाएपछि बालबालिकादेखि वृद्धवृद्धासम्म भोज खान आँगनमा लहरै बस्यौँ, ‘तर, पस्केर दिएको खाना खानै लाग्दा मेहदी उपेन्द्र यादवले फालिदिए । स्थानीय पशुपति यादव, रामचन्द्र यादव र भुल्ला भनिने रामप्रीत यादवसहितको समूहले अपमान गरेको एक अगुवाले बताए।

जातीय अगुवाहरूले दलितमाथि अपमान र दुव्र्यवहार गरेको भोज आयोजक परिवारका सदस्य उमेश यादवले स्विकार गरेका छन । आखाँमा आँसु भरेकै अवस्था वहाँले भने घटनाले आफूहरूलाई दुःखी बनाएको उनले बताए । ‘गाउँका अन्य समुदायले भोज खाएपछि मात्र दलितहरूलाई बोलाउनू भन्ने माइञ्जनको आदेशबमोजिम साँझ ७ बजेतिर बोलाएर ल्याएका हौँ,’ उनले भने, ‘उहाँहरू पस्किएको खानेकुरा खान सुरु गर्दै हुनुहुन्थ्यो, त्यहीवेला मदिरा सेवन गरेर आएका चारजनाले अस्वाभाविक व्यवहार गरे । उनीहरूले खाना मात्रै खोसेर फालेनन् तीन–चारजनालाई हातपातसमेत गरे ।’

स्थानीय ७४ वर्षीय सूर्यनाथ यादवको मृत्युपछि १३औँ दिनमा मृत्युभोज आयोजना भएको थियो । पिडितहरुले मौखिक रुपमा पिडा लिई वडा अध्यक्ष राम लोभित यादव कहाँ भनेका छन तर पीडितहरू बुधबार न्याय माग्दै प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी समक्ष घटना सुनाएका थिए । तर ढिला भएका कारण बिहीबार मात्रै उजुरी लिने सिरहा प्रहरीका डिएसपी अपिलराज बोहराले बताए ।

दलितमाथि भएका छुवाछुतका घटना गाउँमै दबाइने गरिएको दलित अभियन्ता बताउँछन् । कविलासीमा दलितमाथि दुर्व्यवहार भएको खबर पाएपछि मंगलबार प्रदेश २ की सांसद सुनिता राम, दलित अभियन्ता शिवकुमार महरालगायत टोली कविलासी गाउँ पुगेको थियो । आफूहरूमाथि विभेद र दुर्व्यवहार भएको भन्दै कानुनी उपचारमा जान सुझाएपछि पीडितहरू प्रशासनसम्म पुगेका हुन् ।
वडा अध्यक्ष राम लोभित यादवले भन्छन्–जातीय अपमान गर्ने माथि कानुनी कारबाही हुन्छ
गाउँका गैर समुदायले भोज खाएपछि मात्र दलितहरूलाई बोलाउनू भन्ने माइञ्जनको आदेश थियो । त्यसै अनुसार साँझ ७ बजेतिर बोलाएर ल्याएका हौँ । त्यति नै वेला मदिरा सेवन गरेर आएका तिन चारजनाको समूहले अस्वाभाविक व्यवहार देखायो । उनीहरूले दलितको खाना मात्रै खोसेर फालेनन्, चन्दर पासवान, छेदी मोचीसहित तीन–चारजनालाई हातपातसमेत गरे । यो घटनाले हामीलाई लजास्जद तुल्याएको छ यसको छिनो फानो गरेरै छाडने वडा अध्यक्षयादवले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑