इटहरी । उदयपुरको बेलका नगरपालिका वडा नं २ का स्थानियले ‘बेलका एकिकृत पशु तथा कृषि टुरीजम फर्म’ संचलनमा ल्याएका छन् । वडाका तीन स्थानियको करोडौंको लागतमा र्फम सचालनमा ल्याएका हुन् । बषौँ विदेशिएर स्वदेशमै केही गर्न सकिन्छ भन्ने द्ययेले स्वदेश फर्किएका उनिहरुले अहिले फर्मबाट रोजगारीको समेत ब्यवस्था गरेका छन् ।
सरकारले कृषि क्षेत्रमा ठुलो लगानि गरिरहेका बेला उनिहरुले कृषि संगै पर्यटन समेत जोडेर उक्त क्षेत्रलाइ ‘कृषि जोन’का रुपमा अगाडि बढाउने योजना पनि राखेका छन् । कोसिटप्पु बन्यजन्तु आरक्षको नजिकै पर्ने उक्त क्षेत्रमा र्फम खोल्दा आरक्षमा आएका पर्यटकले गर्दा उक्त क्षेत्रको पनि विकास हुने उनिहरुले बताएका छन् ।
संचालक मद्ययेका एक मित्रप्रसाद पौडेलले भने, ‘म एक बर्ष अघी इजराएल गएको थिए । कृषि सम्बन्धि ट्रेनिङ लिनको लागि । त्यसबाट केही सिकेर आफ्नै क्षेत्रमा बिकास गर्ने योजना बनाएको छु । इजराएलमा जस्तो आधुनिक्ता त यहाँ नभएपनि मेहनेतको फल राम्रो हुन्छ ।’ उनि सुनाउछन् ।
बेलका नगरका मेयर पनि बिकासप्रेमी रहेको बताउदै युबाहरुको यो कामले खुसि भएको नगरबाट पाउने सेवासुबिधा पनि प्राप्त गर्ने गरेको उनिहरुले बताएका छन । हाल उनिहरुले भौतिक संरचना लगाएत राँगा, भैसि, अस्ट्रिज, बटाइ लगाएतका जिबजन्तुमा लगानि गइरहेको बताउदै भबिस्यमा यसबाट फाइदा लिन सक्ने बताए ।