राधेश्याम राम, असोज ९, कडरबोना (सप्तरी) सप्तरीको वलान विहुल गाँउ पालिका र सुरुङ्गा नगरपालिकाको विभिन्न वडाहरुमा अवैध रुपमा उत्पादन गरिरहेका गाँजा खेती प्रहरी द्धारा नष्ट गरिएको छ ।
ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरिक्षक राम राजा केशरीको कमान्डमा खटिएका प्रहरीको संयुक्त टोलीले गोप्य सुचनाको आधारमा बलान विहुल गाँउ पालिका वडा नं. ४ स्थीत वभलनटोल र सुरुङ्गा नगरपालिकाको वडा नं. ९ प्रमाणपुुरका १५ घरपरिवारले खेतवारीमा लुकाईछिपाई उत्पादन गरिरहेको (३००) तिन सय गाँजाको ठुलठुलो बोट नष्ट गरेको जनाईएको छ ।
प्रहरी चौकी धाँती, चन्ही मलहनीया र वेहली वाट खटिएको प्रहरी टोलीले उक्त खेती स्थानिय जनप्रतिनिधीहरुको रोहवरमा नष्ट गरेको जनाईएको छ ।