सिराहा,२३,भाद्र । सिरहा जिल्लाको भारत सिमानासँग जोडिएको विकास पूर्वधार तथा सर्वजनिक सेवाका पहुँचबाट पिछडीएका बरियारपट्टी गाउँपालिकाले एकै दिनमा नागरिकका अधिकार देखि स्वास्थ्य सम्बन्धी सेवाहरु सम्बन्धी विभिन्न घुमती शिविरहरु आयोजना गरी गाउँपालिकाका नागरिकलाई लाभै लाभ प्रदान गरेका छन् ।
घुमती शिविरमा नगरिकताबाट बञ्चित रहेका विभिन्न समुदायका नागरिकहरुलाई जिल्ला प्रशासन कार्यलयको सहयोगमा ८० जना महिला, ५७ जना पुरुष र ८ जना अविवाहित गरी १४५ जनालाई नागरिकता प्रदान गरिएका छन् । उमेर पुगिसकेका १०२ जना महिला र ११२ जना पुरुष गरी २१४ जनालाई मतदाता परिचयपत्र पनि वितरण गरिएका छन् ।
त्यसगरी आयुर्वेद स्वास्थ्य पद्धतिद्धारा ३८० जनालाई स्वास्थ्य उपचार गरिएका छन् । पशु चौपायहरुका विभिन्न रोगहरु जाँच गरी ६६६ वटा चौपायहरुलाई उपचार गरेका छन् । जिल्ला वन कार्यलय सिरहाले वडा नं. ४ र ५ मा विभिन्न प्रजातिका २ हजार विरुवा रोपेका छन् ।
घुमती शिविर सम्बन्धी शाखा कार्यलयहरुका सहकार्य र बरियारपट्टी गाउँपालिकाका आयोजनामा गरिएको मिथिला रत्न समाचार दातालाई संतोष कुमार यादबले बताउनु भयो ।