प्रदिप सिंह महत सिरहा , २२ श्रवण । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.लहानले कर्जा बीमा सुविधा अन्तरगत लहान १२ बस्ने सरिमुन मियाँलाई ५६ हजार उपलब्ध गराएका छन् ।
स्वावलम्वनका सेवाग्राही रोजो खातुनको असमायिक निधन भएपछि कर्जा वीमा सुविधा वापत सो रकम उनका पति सरिमुन मियाँलाई उपलब्ध गराएको हो । स्वावलम्बनले आज एक कार्यक्रम गरी लहान १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीद्धारा सो रकम मियाँलाई उपलब्ध गराएको छ ।
यो सँगै सेवाग्राहीलाई ३० हजार ९ सय २३ रुपैयाँ बचत रकमसहित उपलब्ध गराएको छ । दुवै गरी ८६ हजार ९ सय २३ रुपैयाँ उपलब्ध गराएको छ ।