• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

फोहोरको डंगुर बन्यो राजमार्ग छेउ,सरोकारवाला भन्छ्न व्यवस्थापन गर्दैछौ !

नेपाल पोस्ट दैनिक
    July 24, 2019  मा प्रकाशित

Spread the love
      

इन्दु केसी,कैलाली साउन ७ । फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट नहुदा कैलालीको घोडाघोडी स्थित सुखड बजार दिनप्रतिदिन दुर्ग्न्धित बन्दै गएको छ । नगरपालिकाले फोहोर व्यवस्थापका लागि उचित स्थान बनाउन नसक्दा स्थानीयले सास्ती खेप्नु परेको हो । जसको कारण बजारको फोहोर फाल्ने मुख्य स्थान नै अहिले राजमार्ग छेउ बनेको छ ।

फोहोर व्यवस्थापनको उचित पहल हुन नसक्दा मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने देखिन्छ । बर्षातको समयमा भने झन बढी सास्ती हुने गरेको स्थानीय बताउछ्न ।जथाभावी फालिएको फोहोरका कारण राजमार्ग छेउमा ब्यापार गर्दै आएका ब्यापारी संगै यात्रुहरुलाई हिडडुल गर्न निकै समस्या भएको छ ।

बजारका कुहीएको तरकारी, प्लाष्टीक लगायत होटल तथा अन्य पसलहरुबाट निस्केको फोहोर सडक छेउमै फाल्दा नाक थुनेर बस्नुपर्ने बाध्यता छ ।

घोडाघोडी नगरपालिकाका मुख्य बजार सुखड संगै साडेपानी, पहलमानपुरमा पनि फोहोर व्यवस्थापन नहुदा व्यापारी संगै स्थानिय समस्यामा परेका छन । लामो समयदेखि फोहोर व्यवस्थापन नहुदा आफुहरुलाई निकै समस्या भएको स्थानिय ब्यापारी कमला ऐरले बताइन । फोहोरको उचित ब्यवस्थापन छैन उनले भनिन, कुहीएर गन्हाउछ नाक थुनेर बस्नुपर्छ ।

नजिकै सामुदायिक बन छ त्यहा फोहोर फाल्न गए जरीवाना तिर्नुपर्छ अन्यत्र फाल्ने ब्यवस्था छैन उनले भनिन् “हामि पनि यहि फाल्छौ बजारका सबै ब्यापारीहरु यहि ल्याएर फोहोर फाल्छन”।

उनले घोडाघोडी नगरपालिकाले फोहोर ब्यवस्थापनका लागि छिट्टै नै पहल चाल्नुपर्ने बताईन । फोहोर व्यवस्थापनका लाही यहाँ डम्पिङ साइड छैन कहा लगेर फाल्नु हामि पनि त्यहि सडमै लगेर फाल्छौ स्थानिय अर्का ब्यापारी ज्ञान बहादुर बिष्टले भने, यसका लागि सम्बन्धित निकायले ब्यवस्थापन गर्नुपर्यो ।

फोहोर फाल्नका लागि राजमार्ग नजिकै डस्बिन राखिएको छ । तर फोहोर जताततै छरीएर फालिएको छ । फोहोर फाल्नका लागि राखीएका डस्बीनहरु सानो हुनुका साथै समयमै फोहोर नउठ्दा समस्या भएको छ ।

यता घोडाघोडी उद्योग बाणिज्य संघका अध्यक्ष जियालाल आचार्यले फोहोर ब्यवस्थापनका लागि नगरपालिका संग समन्यव गरिरहेको बताए । डम्पिङ साइडको खोजि गरिरहेको बताउदै उनले भने, सुखड बजारको फोहोर ब्यवस्थापनका लागि डम्पिङ साइड भेटिसकेका छौ । डोडा नदि भएर लक्ष्मिपुर जाने बाटो नजिकै रहेको सामुदायिक बन छेउमा दोन्द्रो छ जहा केहि बर्ष हामि फोहारको ब्यवस्थापन गर्न सक्छौ त्यहा फोहोर फाल्दा कसैलाइ असर गर्दैन बरु दोन्द्रो पुरिएर बाधको काम गर्नेकोउनको भनाइ छ ।

पहलमानपुर र साडेपानिमा भने डम्पिङ साइडको खोजिका लागि वडाध्यक्षहरु संग छलफल गरिरहेको उनले बताएका छन ।

वडा न १ का अध्यक्ष मनराज शाहिले डम्पिङ साइडका लागि वडा न १ स्थित बागेश्वरी सामुदायिक बनमा गहिरो दोन्द्रो भेटिएको बताउदै उक्त सामुदायिक बन संग सम्झौता समेत भइसकेको बताए । केहि दिनमा फोहोर ब्यवस्थापन गर्ने उनले बताए ।

यता घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेकाले छिटै नै निष्कर्ष निस्कने बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑