प्रदेश २ · मुख्य समाचार

धनगढीमाई नगरपालिकाको चौथो नगरसभा सम्पन्न 

शम्भु चौधरीलहान २० अषाढ । सिरहाको धनगढीमाई नगरपाकिा चौथो नगर सभा शुक्रबार दोश्रो सत्रले सर्वसम्मतिले पारित गर्दै सम्पन्न भएको छ । अषाढ १० गते शुरु भएको धनगढीमाई नगरपालिकाको चौथो नगरसभाले आव २०७६ र ७७ का लागि ४ वटा विधेयक प्रस्तुत गरी स्थगित भएको थियो ।

चौथो नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा नगर प्रमुख हरि नारायण चौधरीले बताउनु भयो । धनगढीमाई नगरपालिकाका सम्पूर्ण नगरवासि, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजिवि, नगर सभा सदस्य एवं सम्पूर्ण कर्मचारीहरुलाई कार्यक्रम बिच धन्यवाद ज्ञापन गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।