• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको विकट गाउँ मौवाहीमा इन्जिनियरिँग कक्षा संचालन

दिनेश्वर गुप्ता
    May 10, 2020  मा प्रकाशित

Spread the love
      

 लहान, २८ बैशाख । सिरहाको पाँच नमुना विद्यालय मध्ये श्री जनता नमुना मावि प्राविधिकधार मौवाही सखुवानन्कारकट्टी १ छोटो अवधीमै महत्वपूर्ण काम गरेको छ । यो विद्यालयलाई अग्रस्थानमा पुर्याउँन प्राध्यानाध्यपक रामपृत यादवले दिलोज्यानले खटिएका छन् । त्यहाँका विद्यालय व्यवस्थापन समितिको पनि उतिकै योगदान रहेको छ ।
सिरहाको विकट गाउँ मानिएको मौवाहीमा प्राविधिक कक्षा सिभिल इन्जिनियरिँग (डिप्लोमास्तर)को ४ बर्षे र ३ बर्षे कोर्षको कक्षा संचालन रहेको छ । जसमा तीन बर्षेमा ३० जना र चार बर्षेमा ४८ जना विद्यार्थी त्यस विकट गाउँमा अध्ययनरत छन् । त्यहाँ बाजुरा, सप्तरी, सिरहालगायतका विद्यार्थी सिभिल इन्जिनियरिँग गर्दै आएका छन् ।
विगतमा ५ कोठामा सिमित रहेको विद्यालयमा २०६८ माघदेखि प्राध्यानाध्यपक यादवले कार्य थालेपछि सरोकारवाला निकायसँग सहकार्य गरी २५ कोठाको भवन तयार गर्न सफल भएका छन् । ३ विघामा स्थापना गरिएको प्राविधिकधार विद्यालयलाई कम्पाउन्ड वालले घेरिएको छ ।
आव ७०।७१—७१।७२ मा ८ कोठा, ७३।७४ मा ४ कोठा, ७४।७५ मा ४ कोठा, ७४।७५ मा वाउन्ड्रीवाल निर्माधिन, ७५।७६ मा २ कोठा थप गरी २५ कोठा निर्माण गर्न सफल भएको प्राधानाध्यापक रामपृत यादवले बताए । उनले भने ‘यसको लागि विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाले समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।’ ‘योसँगै सरोकारवाला निकायमा आफ्नो पहँुच रहेकोले निर्माण कार्य तिव्र बनाएको छु ।’ उनले बताए ।
नमुना विद्यालय मौवाहीमा विगतमा १ सय ३० विद्यार्थी मात्र अध्ययनरत थिए । प्राध्यानाध्यापक यादव यहाँ सक्रिय भएपछि हाल ८ सय ३० विद्यालय अध्ययरत छन् । विद्यालयमा महिलामैत्री शौचालय एकगरी तीन शौचालय रहेको छ । विशुद्ध खानेपानीको व्यवस्था गरिएकोले विद्यार्थीहरु खुशी रहेको अध्ययनरत छात्र श्याम बताउँछन् ।
विद्यालय निर्माणव्यवस्थापन गर्न र नमुना बनाउँन प्राध्नाध्यापक रामपृत यादवको महत्वपूर्ण भूमिका रहेको छ । योसँगै स्थानीय र विद्यालय व्यवस्थापन समितिले पनि सकारात्मक भूमिका निर्वाह गर्दै आएको स्थानीय सन्तोष यादव बताउँछन् । विस २०१७ सालमै स्थापना भएको सो विद्यालयमा अध्ययन गरेका दर्जनौ विद्यार्थी अहिले नेपाल सरकारको उच्चतहका कर्मचारी छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नदिमा डुबेर एक बालकको मृत्यु
  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑