तुलसी बहुगुणी वनस्पती हो । भनिन्छ, यसले वायु शुद्धीकरणमा भूमिका खेल्छ । यसको औषधीय महत्व त हामीलाई थाहै छ । जब हामीलाई घाँटी दुख्छ, ज्वरो आउँछ, रुघा लाग्छ, पानीमा तुलसीको पात पकाएर खान दिइन्छ । शरीर अस्वस्थ्य भएको बेला मात्र होइन, सामान्य अवस्थामा पनि तुलसी सेवन गर्न सकिन्छ । नियमित रुपमा तुलसी सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
हुन त हामीले तुलसीलाई घर-आँगनमा मठ बनाएर रोप्ने गरेका छौं । यो परम्परालाई हामीले आडम्बरको हिसावले होइन, वैज्ञानिक दृष्टिकोणले हेर्नुपर्छ । तुलसी आफैंमा सर्वगुणी भएकाले यसको संरक्षण आवश्यक छ । अर्कोतिर, यसको साइनो स्वास्थ्यसँग जोडिएकाले सफा र सहज ठाउँमा हुनुपर्छ । घरको आँगनमा तुलसी रोप्दा त्यसको प्रयोगमा त सहज हुन्छ । घरको वातावरण राम्रो बनाउँछ ।दैनिक नेपाल