गौशाला २३ चैत ।सरकारले काेराेना भाइरसकाे कारण कुनै नेपालिकाे ज्यान जाेखिममा नपराेस उदेश्यले चैत्र ११ गते देखि देश भरि लगायत महाेत्तरी जिल्लाकाे गाैशालानगरपालिकामा लक डाउन प्रणालि लागू गरेकाे छ।
लक डाउन प्रणालीकाे माैका छाेपि व्यापारी तथा किसानहरु आ आफ्नाे समानकाे भावमा जस्तै करेला दुई सयकाे किलाे आलु,प्याज पचास रु
,काेवि पचास विक्रि गरेरहे पनि गाैशाला उधाेग वाणिज्य संघ,अनुगमन समिति, उपभाेक्ता मंच तथा प्रसाशनले कुनै किसिमकाे चासाे नलिएकाेमा उपभाेक्ताहरु मारमा परेका छन।
पहले विक्रि गरेकाे त्यहि समान दाेव्वर तेवारकाे भावमा विक्रि भए पनि सरकारवालाहरुले कुनै ध्यान नदिएकाे खुदरा व्यापारीहरुले आक्राेस पनि व्यक्त गरेका छन ।
लक डाउनकाे कारण वजार व्यवसाय पूरा बन्द भएकाे कारण रुपैया पैसाकाे अप्ठायाराे हुन गएकाे फुटफाटमा सधै व्यापार गरेकाे राम देव ठाकुरले जनाए ।बजारकाे अनुगन ठाेस तरीकाले नभएकाे कारण कालाेवजारीकाे विगबिगि बढेकाे उनिहरुले जनाए ।
किसानले उव्जाएकाे तरकारीमा केही भन्न नसकिने तर व्यापारीहरु खरीद गरेकाे भन्दा दुई रु. वढाएर बिक्रि गर्न सकिन्छ तर त्याे भन्दा बढि मूल्य लिएमा कानुन अनुसार कर्वाई हुने गाैशाला उधाेग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहले जनाएका छन।